
जनतापत्र, बलेफी ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ४ मा वर्षायाममा समेत पानीको हाहाकार हुने गरेको थियो । जापान सरकारको सहयोग तथा पिस उइन्स जापान र समृद्धिका लागि यथा कार्य सहयोग संस्था (आइएसएपी) को सहकार्यमा उक्त गाउँमा धारा जडान र छ वटा ट्याङ्की निर्माण भएपछि स्थानियहरु खुसी भएका छन् ।
उक्त थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन समेत गरिसकेका छन् ।
खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कालीप्रसाद लामाका अनुसार, सार्वजनिक र सामुदायिक स्थानमा छ वटा, करङ्गैरामा १३७ वटा, कोले तथा डाँडागाउँ बस्तीमा एक÷एक वटा धारा निर्माण गरिएको हो ।
उक्त आयोजना एक करोड ३० लाख रुपिय
ाँ लागतमा सम्पन्न भएको हो ।
बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले एक हजार पाँच सय मिटर दुरीबाट लिफ्टिङ प्रविधिमार्फत गाउँमा खानेपानी पु–याइएको र यसअघि बलेफी गाउँपालिका–४, फलाँटे, भीमसेनथान, सिस्नेरी, उनीचौर, तल्लागाउँ, खानेपानी योजनाबाट ८६ घरधुरी लाभान्वित भएको उनले बताए ।
3,306 total views, 4 views today