खानेपानी समस्या समाधान हुँदै


जनतापत्र, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्ची बजारका स्थानीयले लामो समय देखि खानेपानीको समस्या भोगिरहेका थिए । खानेपानी अभावका कारण विभिन्न समस्या भोगिरहेका स्थानियको अब भने खानेपानीको समस्या समाधान भएको छ । स्थानियको समस्या समाधानको लागि बजारका घरहरुमा खानेपानीको धारा जडान गरिएको छ । खानेपानीको सुविधा पुर्याउने उदेश्यले संचालन गरिएको उक्त कार्यत्रम गरिएको हो ।
खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क हुनुका साथै खुसि समेत भएका छन् ।
मेलम्ची बजारकै नागरिहरु खानेपानीको चरम अभावमा रहेका थिए । वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले २०७० सालभन्दा अघिदेखि योजना सञ्चालन भएपनि विविध कारणले सम्पन्न हुननसकेको बजार खानेपानी योजना अहिले आएर अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार अहिले बजारको ३१० घरधुरीलाई पानी वितरण गर्नेगरि काम सुचारु भएको छ ।

 8,805 total views,  817 views today

Related posts