गुम्बाको पुनर्निर्माणमा ढिलाई


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा बि.सं २०७२ सालको भूकम्पले पौराणिक गुम्बाहरुको पुर्णरुपमा क्षति भएको थियो । जसमध्ये साथ गुम्बाको निर्माण कार्य भने अझै भइसकेको छैन् ।
सात पौराणिक गुम्बा मध्ये भारत सरकारको सहयोगमा पाँच गुम्बाहरु निर्माण भइरहेका छन् । विभिन्न कारण दुई गुम्बाको काम हाल सम्म सुरु समेत भएको छैन् ।
हेलम्बु गाउँपालिकामा चार गुम्बा निर्माणाधीन अवस्थामा छन् । जसमा चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ गुम्बाको काम ५० प्रतिशत मात्र सकिएको छ । गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङका काम बाँकी रहेको चिरी गुम्बा निर्माण समितिका सहसचिव छिरिङ लामाले जानकारी दिए ।
भारत सरकारले १० करोड भन्दा बढी लगानि गरेको गरेको गुम्बा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेको हो । नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता टुंगिएको छ ।
पाँच सय वर्षसम्मका पुराना गुम्बा पुरातत्व विभागले दिएको डिजाइनमा हेलम्बुमा पुनर्निर्माण भइरहेका छन् ।
ठेक्काको सूचना जारी भएको केही समयपछि १ असार २०७८ मा मेलम्ची खोलामा बाढीका कारण हेलम्बु– १ मा रहेको ऐतिहासिक मेलम्ची घ्याङ गुम्बाको काम भने सुरु हुन सकेको छैन् ।
निर्माण सामग्री लान नपाएकाले काम सुरु नभएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

 10,086 total views,  201 views today

Related posts