बाम गठबन्धनको दलित भेला सम्पन्न ।

पार्वती बस्नेत

चौतारा, सिन्धुपाल्चोक

नेकपा एमाले संवद्ध दलित संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोक र एनेकपा माओवादी केन्द्र संबद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाको संयुक्त भेला चौतारामा हिजो सम्पन्न भएको छ । केन्द्रमा बाम गठबन्धन भएसंगै जिल्लामा पनि त्यसको प्रभावस्वरुप बाम घटक दलित सम्बद्ध संगठनहरुको भेला बसेको हो ।
भेलामा बाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा २ अन्र्तगत प्रदेश सभा १ का साझा उम्मेदवार युवराज दुलालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै दुलालले कुनै पनि पार्टि वा वर्ग समुदायको आधारमा मतभेद नगरि सबै मुद्दाहरुको सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनु भयो । भेलालाई सम्बोभन गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकका अध्यक्ष राम बहादुर सुनारले स्थानिय तहको निर्वाचनमा खसेको मतलाई आधार मान्दा बामपन्थी गठबन्धनलाई सिन्धुपाल्चोकका ६८ प्रतिशत दलितहरुको सर्मथन रहेको र यसलाई थप अभियानका साथ लैजान सके ८० प्रतिशत भन्दा बढि मत बाम गठबन्धनलाई प्राप्त हुने सम्भावना व्यक्त गर्नूृ भयो । यसका लागि आफ्ना सबै कुरा त्यागेर बाँकि समय निर्वाचनमा होमिनको विकल्प नरहेको बताउनु भयो ।
भेलामा सहभागिहरुले आम दलित समुदायको मुद्दालाई सम्बोधन गर्नका लागि यो गठबन्धन सफल हुने भएकाले सबैले आ—आफ्ना ठाउँबाट लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलाले दुवै संगठनका जिल्ला पदाधिकारी तथा सदस्य, सल्लाहकार समितिका सदस्य र स्थानिय तहको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट निर्वाचित सबै सदस्यहरु रहेको सुब्बा सुनारको संयोजकत्वमा १६९ सदस्यीय संयुक्त निर्वाचन परिचालन कमिटी र १५ सदस्यीय सचिवालय निमार्ण गर्दै भेला सम्पन्न भएको थियो ।

 564 total views,  4 views today

Related posts