उम्मेदवारलाई मतदाताको प्रश्‍न, ‘कहिल्यै पहिलेको एजेन्डा पल्टाएर हेर्ने गरेका छौ?’

रमेश पराजुली

सिन्धुपाल्चोक : राजधानी काठमाडौंबाट दूरीले नजिक भए पनि सिन्धुपाल्चोक विकासको गति भने धेरै पछाडि रहेको छ। प्रत्येक पटक चुनाव आउँदै गर्दा उम्मेदवारले मतदाता रुझाउन ठूलाठूला विकासे योजना अघिसार्ने गरेको भए पनि चुनाव जितेर गएपछि गाउँ बिर्सने गरेको मतादाताको गुनासो छ।

दैनिक जीवनयापनलाई सहज बनाउने विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानी, टेलिफोन लगायतको विकासको गतिले सिन्धुपाल्चोक धेरैपछि छ। ‘हामीले धेरै नेता जिताऔँ, हामीले मत जिताएर पठाएको नेता मन्त्रीसम्म बने सुनकोसी गाउँपालिका धुस्कुनका श्यामकृष्ण थामी भन्छन्, ‘चुनावअघि

घरघरमा मोटरबाटो, स्वास्थ्य, शिक्षा, खानेपानी र टेलिफोन सेवा पूरा हुन्छ भन्थ्ये। तर, जितेर गएका नेता अहिले चुनाव आएपछि भोट माग्न आउँदा मात्र अनुहार देख्न पाइयो।’ यस क्षेत्रमा चुनाव जितेर गएका सूचना तथा सञ्चारमन्त्री तथा प्रतिनिधिसभाको उम्मेदवार मोहनबहादुर बस्नेतले आफ्नो घर पाएकको क्षेत्रमा मात्र बजेट खन्याएको स्थानीयको आरोप छ।

कहिले फेरिएला जिल्लाको अवस्था?

घर भत्किएपछि धावायाङजी शेर्पाको पनि व्यथा उस्तै छ। भूकम्प आउँदा १४ दिनको सुत्केरी थिइन् उनी। भूकम्पबाट बाच्न सफल भए पनि घर सबै भत्काउँदा सुकुम्बासी भएको र गाउँमा बस्न निकै कठिनाइ भएको छ उनलाई। सरकारी राहत कुरेरै बस्दा अहिलेसम्म घर बनाउन नसकेको गुनासो गर्दै शेर्पाले सरकारले आश देखाएर निराश बनाएको भन्दै आँखाबाट आँसु झारिन्।

तेम्बाथाङका पेम्बा शेर्पाले आफूहरुलाई जन्मिएको भीर पाखामा जान मनपर्ने भए पनि बस्न नै गाह्रो भएको बताए। सरकारले दाता सम्मेलनमार्फत विभिन्न देशबाट रकम संकलन गरेको खबर पनि सुनेको थिएँ। तर, भूकम्प पीडितहरुको अवस्थाप्रति सरकारले गरेको बेवास्थाप्रति हामीहरुको मनमा नराम्रो चिसो पसेको छ।

पीडितहरुलाई नारा भाषणभन्दा पनि बस्ने वास र खाने गाँसकै खाँचो रहेको सुनाउंदै छिरिङ शेर्पाले भने, ‘गफ गर्ने धेरै आए काम गर्ने आएनन् चिन्ता नै यही छ।’क्यासिङका फुर्वा शेर्पाले एक वर्ष बितिसक्दासमेत सरकारले पीडितहरुको पीडा नबुझेको बताए। ‘दुःखको साहरा सरकार सोचेका थियौँ तर विपतको वेला सरकार कस्तो हुन्छ भनेर मुखसमेत देख्न पाइएन’, उनले भने, भोट माग्न आए दुःख बुझ्न आएनन्।

यी केही प्रतिनिधि पात्र मात्र हुन्। सिन्धुपाल्चोको विकट बस्तीको अवस्था देख्दा कहालीलाग्दो छ। विनाशकारी भूकम्प गएको ३० महिना कटिसक्दासमेत पीडितको अवस्था जस्ताको तस्तै छ।

अहिले प्रतिनिधिसभाको चुनावी मिति नजिकिँदै छ। ‘नेताहरुलाई भोट माग्न भ्याइनभ्याई छ। तर, एकपटक आफ्नो दुःखको वेलामा आफ्नो अवस्था कस्तो थियो हेर्न आएनन्।’ छिरिङ शेर्पाले भने, ‘आपूmलाई परेको वेलामा त हामीलाई सम्झने हुन् नी ! हाम्रो दुःखको के वास्ता हुन्थ्यो र उनीहरुलाई।

अहिले सो क्षेत्रको प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट दुई पटक मन्त्री भइसकेका अग्निप्रसाद सापकोटा र कांग्रेसबाट बहालवाल मन्त्री मोहनबहादुर बस्नेत चुनावी मैदानमा छन्। उनीहरु अहिले भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छन्। thahakhabar bat

 266 total views,  2 views today

Related posts