डडेलो नियन्त्रणमा उदानसीता

 

सिन्धुपाल्चोक जिल्लाका अधिकास सामुदायिक तथा सरकारी वन क्षेत्रहरु डडेलोका सिकार बनेको दृष्य सर्वत्र देख्न पाईन्छ । यो जिल्लामा मात्र होईन देशै भरी डडेलो एक राष्ट्रिय समस्याका रुपमा अगाडि आएको छ । विषेश गरी सुख्खा मौसममा यसको प्रकोप निकै हुने गर्दछ । हामी सबैले दिनुहु जसो ठुलाठुला डडेलोका लाप्काहरुले ठुलो वन क्षेत्रलाई विनास गरिरहेको देख्न पाईन्छ । यसबाट दैनिक करोडौको वन पैदावार जलेर नस्ट भैरहेका छन । साथै बहुमुल्य वन्यजन्तुहरुको मृत्यु पनि दैनिक हुने गरेको पाइन्छ । सानो मानविय त्रुटीका कारण आज देश समाजले दैनिक यतिठुलो नोक्सानी बेहोर्नु परेको तितो वास्तविकता हामी सामु ऐनाझै प्रस्ट छ । डडेलो भन्ने चिज आफैमा आउने प्राकृतिक विपत्ती भने होईन । यो त तपाई हाम्रो सानो लापहवाहीको कारण हुने विपत्ती हो । हरियो वन नेपालको धन भन्ने नारा वासतवमा व्यवहारमा लागु गर्न सक्नेको भने वनले नेपालको आर्थिक विकासमा ठुलो योगदान गर्न सक्छ । सामुदायिक वन समुहहरुले वन पैदावारहरुको प्रयोगले मात्र देशमा धेरै साना उधोगहरु संचालनमा आएका छन । यसको संभावना दिन प्रतिदिन बढदै छ ।
आजको सबै भन्दा ठुलो इस्यु भनेको प्रत्यक दिन सुख्खा मौसममा हुने डडेलोले आक्रमणबाट हुने भारी वन तथा वन पैदावारको क्षति न्युनिकरण कसरी गर्ने भन्ने नै हो । तर डडेलो जस्तो संवेदनसील विषयमा कुनै निकाएको ध्यान जान सकिरहेको छैन । वन क्षेत्रको विकास तथा संरक्षणका लागी सरकारी तथा गैर सरकारी क्षेत्रबाट ठुलो धनरासीको खर्च भैरहेको छ तर पनि डडेलो नियन्त्रणमा ल्याउने कुनै ठोस योजना आउन सकेको छैन । सरकारी वन कार्यालयले वर्षको एक चोटी डडेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम मात्र आयोजना गरेर आफनो जिम्वेवारीबाट उम्केको पाईन्छ । यस्तै अन्य गैर सरकारी सस्थाहरुले वनको नाममा ठुला गोष्ठी तथा सेमिनार आयोजना गरेर रकम खर्चेता पनि डडेलो जस्तो विनासकारी विपतको रोकथामका बारेमा काम गरेका देखिदैन । देशको यति ठुलो प्राकृतिक स्रोतसाधनको दोहन हुदा समेत यसको नियन्त्रणका लागी कुनै ठोस योजान नआउनु दुखत विषय बनेको छ ।
यदि सम्बन्धीत निकाएले बेलैमा डडेलो नियन्त्रणका विषयमा संवेदनसीपल नहुनेहो भने निकट भविष्य मै सम्पुण हरिया वन नाँगा डाँडामा रुपान्त्रण हुने निश्चित छ । यसको प्रभाव सिंगो मानव जिवनमा पर्ने छ । वातावरण प्रदुशण बढदै गई राम्रा संदर गाँउ बस्ती कुरुप बस्तीमा रुपान्त्रण भई मावन जिवन नै धरापमा पर्ने तर्फ सम्बन्धी सम्बन्धीत सबै निकायको ध्यान पुगोस ।

 

 4,242 total views,  2 views today

Related posts