वलेफी गाँउपालिकाको आगामी आ.व.२०७५-०७६ को नीति, बजेट तथा कार्यक्रम

 

Budjet Summary

 

सोंच

“वलेफी समृद्धिको आधार ः जलश्र्रोत, कृषि, पर्यटन र भौतिक पूर्वाधार”

उद्देश्य

“समावेशी दिगो विकासको माध्यमबाट वलेफी गाउँपालिकावासीमा सम्बृृद्धि ल्याउने”

वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु

समग्र नीति तथा आधारहरु

१)            ग्रामीण विकास तथा भौतिक पूर्वाधार

१.            “सफा, हरियाली बलेफी गाउँपालिका,  सम्बृद्धि र दिगो विकास हाम्रो प्रतिबद्धता” को भावनाबाट गाउँपालिका क्षेत्रमा सञ्चालन गरिने पूर्वाधार वा सामाजिक बिकाससँग सम्बन्धित कुनै पनि कार्यक्रम वा परियोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा       सञ्चालन व्यवस्थापन चरणहरुमा सामाजिक तथा वातावरणीय सन्तुलन तथा जोखिम संवेदनशिल भू वनोट समेतलार्ई ध्यानमा राखी आयोजनाहरुको निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।

२)            यस गाउँपालिका अन्तरगत साविकका माङ्खा, फूल्पिङडाँडा,  फूल्पिङकोट, र जलविरे अन्तरगत पर्ने वडाहरुका केहि भागमा वजारीकरण भएको भएतापनि व्यवस्थित वजारीकरणको अभावमा  सेवा सुविधा वितरणमा कठिनाई भइरहेको स्थितिलाई मध्यनजर गरि आ.व. २०७५÷०७६  मा उपयुक्त स्थान पहिचान गरि व्यवस्थित नमुना वस्ती निर्माणका लागि जग्गा एकिकरण योजना  संचालनको सम्भाव्यता अध्ययन गरिनेछ  ।

३)            गाउँपालिका क्षेत्रभित्रका भौतिक पुर्वाधारलाई सुरुदेखि नै व्यवस्थित गरेर जान नसकेमा यसले भविष्यमा ठुलो समस्याको सृजना गर्ने भएकोले हाल निर्माण भई सकेका सडक, खानेपानी जस्ता पुर्वाधारको एकिकृत लगत तयार गरि त्यसको नामाकरण, वर्गीकरण, तथा स्तरीकरण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।

४)            गाउँपालिका क्षेत्रभित्र खानेपानीको समस्या देखिएकोले गाउँपालिका क्षेत्र भित्र                  रहेका      खानेपानी              श्रोतबाट उपलब्ध हुन सक्ने खानेपानीको परिमाणलाई समेत बस्तुगत                 मापदण्डको          आधारमा              मूल्याङ्गन गरि खानेपानी आयोजना निर्माण गरिनेछ ।

५)            गाउँपालिकामा सर्वसुलभ रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई अझ साधन श्रोत युक्त बनाईनेछ । कम्तीमा १५ शैयाको अस्पताल स्थापनाको लागि संभाव्यता अध्ययन गरिने छ ।

६)     वस्तीस्तरमा कार्यरत सबै कालिगढहरुलाई भूकम्प प्रतिरोधात्मक भवन निर्र्माण सम्बन्धी तालिम            प्रदान गर्ने, तालिम प्राप्त जनशक्तिबाट मात्र निजी तथा सार्वजनिक भवनहरु निर्माण गराउने          संयन्त्र    स्थापना गर्ने र सबै प्रकार भवनहरुमा  भवन संहिताको अनिवार्य पालनामा जोड दिई             सुरक्षित एवं व्यवस्थित  आवास नीति अवलम्वन गरिनेछ ।

 

७)            गाउँपालिकाबाट सञ्चालन हुने अधिकांश सेवाहरु सुचना प्रणालीमा आधारित बनाउन सके सार्वजनिक सेवा प्रवाह गुणस्तरिय भई सेवा लागत समेत कम हुन जान्छ । यसै तथ्यलाई  मनन गरि गाउँपालिका क्षेत्र भित्रका सबै संरचना तथा गाउँपालिकाका नीति तथा कार्यक्रम र भौतिक प्रगती सहितको सूचना उपलब्ध हुन सक्ने गरि धभद(दबकभम ष्लायचmबतष्यल कथकतझ को  स्थापना गरिने छ । यसबाट गाउँबासीहरुले आफू रहे बसेकै स्थानबाट गाउँपालिकाको सम्पूर्ण गतिविधिहरुको जानकारी लिन सकिने र आफुले तिर्नु बुझाउनु पर्ने राजश्व, प्राप्त गर्ने सुविधा र यस सम्बन्धि कागजातहरु सिधै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

८)            पुर्वाधार विकासका कार्यक्रममा उपभोक्ता समिति मार्फत गरिदा उपभोक्ताको सहभागिताले वास्तविक आवश्यकताको पहिचान हुने, योजना आयोजनाको लागत कम हुने, आर्थिक अपारदर्शिता नहुने ,गुणस्तरिय काम हुने र निर्माण सम्पन्न पश्चात उपभोक्ताले अपनत्व लिने हुनाले मर्मत सम्भार र पुन संचालन सहज हुने हुदा यस तथ्यलाई मध्यनजर गरि उपभोक्ता समितिहरुलाई आयोजना संचालन सम्वन्धि तालिम  कार्यक्रम संचालन गरिनेछ ।

९)            जटिल प्रकृतिका यन्त्र उपकारण प्रयोग हुने तथा उपभोक्तालाई प्राविधिक ज्ञान नहुने  योजनाहरुमा गाउँपालिकावाट नै प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली अपनाई योजना संचालनका कार्य गरिने छ ।

१०)         साना तथा आकस्मिक रुपमा आईपर्ने योजना संचालनका लागि एकमुष्ट रकम विनियोजन गरि                 बिशेष कोष खडा गरिने छ ।

११)         सुस्पष्ट योजना विनाको काम गन्तव्य विहिन यात्रा बन्न पुग्छ । बहुक्षेत्रीय सम्भावना रहेको यस गाउँपालिका भविश्यको निश्चित समय सीमाभित्र विकासको कुन स्तरमा जान सक्छ भन्ने विषयलाई गहन अध्ययन गरि यसका सम्भाव्यता र सीमाको बस्तुगत मूल्याङ्कनका आधारमा    गुरु योजना तयार गर्ने कार्य  आ.व. २०७५÷०७६  मा सम्पन्न गरिने छ ।

१२)         गाउँपालिका क्षेत्रभित्र रहेका निर्मित सार्वजनिक शौचालयलाई व्यवस्थित वनाई तत्काल               संचालनमा ल्याईनेछ । आवश्यक स्थानमा सार्वजनिक शौचालय तथा शडक बत्ती व्यवस्थापन गरिने छ । विषेश समारोहलाई समेत मध्यनजर गरि घुम्ती शौचालयको व्यवस्था गरिनेछ ।

१३)         आकस्मिक प्रकृतिका योजना बाहेक नियमित योजनाहरु फाल्गुन मसान्त सम्ममा सम्झौता      भई सक्नुपर्ने र जेष्ठ मसान्त सम्म काम सक्ने गरि कार्य अगाडि बढाउने पद्धति अवलम्बन             गरिने छ ।

१४)         यस बलेफी गाउँपालिका कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुको लागि जग्गा व्यवस्थापन गरि भवन निर्माण गरिने छ ।

१५)         वडा स्तरबाट वडा भेला मार्फत छनौट भएका योजना तथा कार्यक्रमहरुलाई योजना तर्जुमामा प्राथमिकता दिइनेछ ।

१६)         वडा स्तरीय योजनाहरु संचालन गर्दा जनसहभागितालाई जोड दिई योजना कार्यान्वयन गर्ने          नीति लिइएको छ । जनसहभागितामा सञ्चालन गरिने आयोजनाहरु कार्यान्वयन गर्दा      वातावरणमैत्री र अपाङ्गमैत्री आयोजना बनाउने तर्फ सम्बन्धित उपभोक्ता समितिहरुलाई                 जिम्मेवार             बनाउने नीति लिईनेछ भने सम्पन्न भएका आयोजनाहरुको सञ्चालन तथा       व्यवस्थापन   सम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित उपभोक्ताहरुलाई नै हस्तान्तरण गर्ने नीति       लिइनेछ ।

१७)     गाउँपालिका क्षेत्रलाई  आ.व. २०७५÷०७६ भित्र काठको पोल मूक्त बनाइनेछ ।

१८)   यस गाउँपालिका अन्तर्गत निर्माण हुने पूर्वाधार वातावरणमैत्री र अपाङ्गमैत्री बनाउने नीति                लिइनेछ

१९)         भौतिक पूर्वाधार तथा संरचनाको गुणस्तर सुनिश्चतताको लागि सुपरिवेक्षण तथा अनुगमन         कार्यलाई नियमित बनाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।

२०)         गाउँको समग्र विकासका लागि  सार्वजनिक नीजि साझेदारीको सम्भावना रहेको क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याईनेछ ।

२१)         गाउँपालिका क्षेत्र भित्रको सार्वजनिक जग्गाको लगत संकलन तथा संरक्षण गरिनेछ ।

२२)    गाउँपालिका स्तरीय रिङरोड निर्माण र स्तरोन्नती गरिनेछ ।

२३)   गाउँपालिका क्षेत्रभित्र संघ,प्रदेश लगायतका निकाय तथा अन्य संघ,संस्थाबाट सञ्चालित बिकास    निर्माणका आयोजना अनुगमन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेश गरिनेछ  ।

२४)    जुरे पहिरो पीडित नागरिकहरुको पुनर्वासका लागि जुरे एकीकृत बस्ती निर्माणको पहल गरिनेछ ।

 

 

२)            सामाजिक विकास

(क) वातावरण, स्वास्थ्य तथा सरसफाई ः

१)            यस बलेफी गाउँपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत साविक          गाविसहरुमध्ये वाँकी रहेका वडाहरुलाई  छिट्टै  खुला दिशामुक्त क्षेत्र घोषणा गरिनेछ । सरकारी     तथा गैरसरकारी विकास साझेदारहरुसँगको सहकार्यमा घर–घरमा                 शौचालय बनाउने                अभियानलाई थप प्रभावकारी बनाउनुका साथै व्यस्त सार्वजनिक ठाउँहरुमा सार्वजनिक शौचालय                 बनाउन पहल गरिनेछ । शौचालय नबनाउने व्यक्तिहरुलाई वडा कार्यालय तथा गाउँपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा रोक्का गर्न सकिने नीति  लिईनेछ ।

२)            यस गाउँपालिका   क्षेत्रलाई प्लाष्टिकमूक्त क्षेत्र घोषणा गर्न आवश्यक पहल गरिनेछ ।

३)      गाउँपालिकाका बजार क्षेत्रमा ढल व्यवस्थापनको कार्य गरिनेछ ।

४)     गाउँपालिकाका क्षेत्रभित्र फेला पर्ने बेवारिसे लास समाधी गर्न समाधी स्थलको खोजी गरिनेछ ।

५)            गाउँपालिका क्षेत्रभित्रका छाडा कुकुरहरुलाई नियन्त्रणमा लिई व्यवस्थापन गर्न र मरेका                पशुपंक्षीहरुलाई व्यवस्थापन गर्नको लागि उपयुक्त स्थलको खोजी गरिनेछ ।

६)            बलेफी गाउँपालिकाको फोहर व्यवस्थापन गर्नको लागि स्थायी ल्याण्डफिल्ड साइट         व्यवस्थापन गर्न जग्गाको खोजी  गरिनेछ ।

७)            सरोकारवाला निकायहरुसंग समन्वय गरी स्तरीय स्वास्थ्य सेवा विकास गर्न आवश्यक पहल       गरिनेछ ।

८)            मासु व्यवसायी संघ र पशु विकास कार्यक्रम विच समन्वय गरी मासु पसल व्यवस्थित    गरिनेछ ।

९)            वातावरण संरक्षण तथा गाउँ क्षेत्रलाई हराभरा बनाउन सडक किनारा तथा खाली जमिनमा  वृक्षारोपण कार्यलाई प्राथमिकता दिईनेछ । बजार क्षेत्रमा सम्भाव्यता हेरी ग्रिन सिटी स्थापना गरिनेछ ।

१०)         वातावरण संरक्षणका लागि गाउँपालिकामा रहेका सार्वजनिक खुला स्थानमा  पार्क निर्माण गरिनेछ

११)         बालमैत्री स्थानीय शासनको प्रारुपमा उल्लेखित गाउँपालिकाको लागि तोकिएका सूचकहरु कार्यान्वयनको लागि स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थासँग समेत सहकार्य गरि वडा समितिहरुलाई परिचालन गरि कार्यान्वयनमा ल्याइनेछ ।

१२)     महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च मासिक रु.१०००÷–उपलब्ध गराइनेछ ।

१३)      सामुदायिक मेलमिलापकर्तालाई विवाद,झै झैगडा निरुपण गरेबापत पाउँदै आएको सुविधामा प्रति केश रु. ६००÷–(प्रति मेलमिलापकर्ता रु.२००) थप गरिनेछ ।

ख) लक्षित वर्ग उत्थान

१)            गाउँपालिकाद्वारा सञ्चालन गरिने सीप तथा स्वरोजगारमूलक, क्षमता अभिवृद्धि  कार्यक्रमहरु                लागत सहभागिताको आधारमा सम्बन्धित सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय       गैरसरकारी संस्थाहरुको सहकार्यमा सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।

२)            गरिवी न्यूनिकरण कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरिनेछ ।

३)            लागू औषध दुव्र्यसनी, लैंगिक हिंसा, बाल दुव्र्यबहार तथा बालश्रम मूक्त गाउँपालिका बनाउन       कार्यक्रम संचालन गरिनेछ ।

४)            गाउँपालिका क्षेत्रभित्र विभिन्न संघ संस्थाहरुद्वारा संचालित कार्यक्रमहरुलाई गाउँपालिकाको     दायराभित्र ल्याई परिणाममुखी हुने गरि संचालन गरिने छ ।

५)            यस बलेफी गाउँपालिकाभित्र रहेका महिला, बालबालिका र पिछडिएको वर्गको छुट्टाछुट्टै सञ्जाल

विकास गरी उक्त सञ्जालहरुको सहभागिताका आधारमा लक्षित कार्यक्रम तर्जुमा गर्ने नीति अवलम्बन गरिनेछ ।

६)            महिला, एकल महिला, वालवालिका, दलित, जनजाति, अपाङ्ग, असहाय, शहीद परिवार, विस्थापित        परिवारको उत्थानका लागि नेतृत्व बिकास,सीप बिकास,क्षमता बिकास तथा आय आर्जन जस्ता         लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।

७)            विकासका दृष्टिले पछाडि परेका वडा तथा क्षेत्रको समानुपातिक एवं सन्तुलित विकासका              लागि      ती क्षेत्रका समुदायले जुटाउनुपर्ने लागत सहभागिताको भारलाई कम गर्न   सकारात्मक बिभेदको नीतिलाई अगाडि बढाईनेछ ।

८)            गाउँ क्षेत्रभित्र अनाथ वालबालिका, अपाङ्ग, सुस्त मनस्थिति, मानसिक सन्तुलन गुमाएका तथा               बुद्धबृद्धाको उचित व्यवस्थापन तथा स्याहारका लागि आवश्यक सेवा केन्द्र सञ्चालन गर्ने               संघसस्थालाई सहयोग गर्ने नीतिलाई अवलम्बन गरिनेछ ।

९)            समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत राज्यले लक्षित समूहलाइ उपलब्ध गराउने सुविधाको  लगत अद्यावधिक गरी सहज रुपमा उपलब्ध गराउन आवस्यक  प्रवन्ध गरिने छ ।

१०)     सामुदायिक बिद्यालयमा अध्ययनरत दलित र अपाङ्ग बिद्यार्थीहरुलाई मासिक रु. २५०÷–छात्रबृत्ति प्रदान गरिनेछ ।

 

 

घ) कृषि

 

१)            कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व वृद्धी गरी यस गाउँपालिका क्षेत्रलाई विषादीरहित अर्गानिक       तरकारी, खाद्यान्न, दुध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन कृषिमा अनुदान र  व्यवसायिक                रुपमा पशुपालन गर्ने कृषकलाई प्रोत्साहन गरिनेछ  ।

२)      तरकारीको बिउ र मौरी घार खरिदमा ५०% अनुदान दिइनेछ ।

३)            २० वटा भन्दा बढी बाख्रापालन गर्ने परिवारलाई खोर सुधारका लागि प्रति परिवार रु.२५,०००अनुदान          दिइनेछ  ।

४)शिक्षा

१)            प्रत्येक बिद्यालयमा बिद्युतीय हाजिरीको व्यवस्था गर्ने नीति लिइनेछ ।

२)            प्रारम्भिक बाल बिकास (भ्बचथि ऋजष्मि म्भखभयिऊभलत) केन्द्रको कक्षामा आधुनिक प्रविधिको        प्रयोग गरि श्रव्य दृश्यका माध्यमबाट पठन पाठन गराइनेछ र सो प्रविधिलाई क्रमशः      आधारभूत तहमा  बिस्तार गर्दै लगिनेछ ।

३)           प्रारम्भिक बाल बिकास (भ्बचथि ऋजष्मि म्भखभयिऊभलत) केन्द्रका सहजकर्ताका लागि दैनिक             कार्य समय बिद्यालय समय कायम गरि निजहरुले खाइपाई आएको मासिक              पारिश्रमिक रु.६०००÷– मा रु.४००० थप गरि मासिक पारिश्रमिक रु.१०,०००             पु¥याइनेछ ।

४)            गाउँपालिका क्षेत्रभित्र रहेका पुस्तकालयहरुको प्रभावकारी सञ्चालन गर्न सहयोगलाई     निरन्तरता दिईनेछ ।

छ)खेलकुद, साहित्य, सञ्चार, कला र संस्कृति

 

१)            गाउँपालिका क्षेत्रको खेलकुद विकासका लागि आवश्यक पूर्वाधार विकास एवं सुधारका लागि        सम्बन्धित निकायसँगको सहकार्यलाई  प्रभावकारी ढंगले अगाडि बढाइने छ । खेलकुद    कार्यक्रमलाई प्रोत्साहन गर्दै विभिन्न अन्तर पालिका स्तरीय खेलकुद कार्यक्रमलाई संचालन       गरिनेछ ।

२)            साहित्य, कला र संस्कृतिको संरक्षण, प्रबद्र्धन तथा विकासका लागि सम्बन्धित पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिईनेछ ।

३)            गाउँक्षेत्रमा रहेका मठ, मन्दिर, गुम्बा, पुस्तकालय, सामुदायिक भवन तथा संघ संस्थाहरुलाई      आफ्नो धर्म संस्कृतिको जगेर्नाका लागि प्रोत्साहन गर्न आवश्यकता अनुसार पर्वहरुमा सहयोग                 उपलब्ध गराइने छ ।

४)            गाउँपालिका भित्र वाट प्रकाशन हुने पत्र पत्रिका तथा विधुतिय संचार माध्यमलाई सहयोग गर्ने नीति लिईनेछ ।

६)            पर्यटन विकास

१)     गाउँको पर्यटन बिकासका लागि एक गुरुयोजना तयार गरि चरणबद्ध रुपमा पर्यटन क्षेत्रको बिकास गरिनेछ ।

२)  विकट बस्तीहरुमा आन्तरिक  तथा राजधानीसंग सिधा बस  सेवा सञ्चालन गर्न यातायात व्यवसायीहरुसंग समन्वय गरी आवश्यक पहल गरिनेछ ।

ठ)           आन्तरिक श्रोत तथा राजश्व व्यवस्थापन

     आगामी आ.ब. २०७५÷०७६  को लागि निम्न बमोजिमको राजश्व परिचालन नीति तर्जुमा   गरिएको छ ।

१)            यस गाउँपालिकालाई आन्तरिक श्रोतमै आत्मनिर्भर गाउँपालिका बनाउन थप राजश्वको श्रोतहरुहरुको खोजी गरिने  छ । गाउँपालिकाभित्र रहेका सबै खाले व्यवसायहरुलाई करको दायरा भित्र ल्याउन व्यवसाय दर्तालाई अभियानको रुपमा संचालन गरिने छ ।  कर प्रणालीलाई व्यवस्थित र अनुमान योग्य बनाउन एकिकृत सम्पत्ती कर लागू गरिने छ ।

२)            बहाल करलाई प्रभावकारी बनाईने छ ।

गाउँपालिकालाई नियमित रुपमा उल्लेख्य कर बुझाउने करदातालाई नियमित करदाताको रुपमा सम्मान गरिने कार्यक्रमलाई अगाडि बढाईने छ ।

३)            कर उठाउन करदाताहरुको तथ्यांक संकलन गरिनेछ ।

४)            यस गाउँपालिका क्षेत्र भित्र बसोबास गर्ने गाउँबासीहरुको क्षमता, अन्य गाउँपालिकाहरुको       तुलनात्मक अध्ययन तथा प्रचलित ऐन नियमको प्रावधान बमोजिम करका दर अद्यावधिक गरिनेछ

५)           गाउँपालिकाको दीर्घकालीन रुपमा आयश्रोत, जल बिद्युत ,कृषि,पर्यटन, विकास र निर्माण कार्य अगाडि   बढाउन सम्बन्धित निकायमा प्रस्ताव पेश गरिनेछ ।

६)    सवारी कर,दहत्तर बहत्तर, ¥याफ्टिङ, जडिबुटी, स्लेट ढुङ्गा, काठ निकासी कर, कवाडी कर लगायतका कर संकलन गरिनेछ ।

८)            संगठन व्यवस्थापन र सुशासन

१)            नेपाल सरकारबाट स्वीकृत भई प्राप्त अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी बमोजिम               नपुग प्राविधिक कर्मचारी करार सेवाबाट पदपूर्ति गरिनेछ । सबै कर्मचारीहरुलाई कार्य विवरण    उपलब्ध गराउने कार्यलाई कडाईका साथ लागु  गरिने छ । सबै कर्मचारीहरुको व्यवस्थित        व्यक्तिगत सूचना प्रणली (एक्ष्क्¬)तयार गरिने छ ।

२)           सबै वडा कार्यालयहरुको राजश्व संकलनलाई भभिअतचयलष्अ     दष्ििष्लन कथकतझ मा लगि    गाउँ कार्यपालिकाको कार्यालयसंग ष्लतभच ष्लिप गरिने छ ।

३)           उपभोक्ता समिति मार्फत सञ्चालन हुने अधिकतम ५ लाख सम्मका योजना सम्बन्धित वडा      कार्यालयबाट सम्झौता गर्न सकिनेछ ।पाँचलाख भन्दा बढी लागतका योजना÷आयोजनाको          आयोजना स्थलमा विवरण सहितको होडिङबोर्ड राख्ने कार्यलाई कडाईका साथ लागु गरिने छ ।

४)            नेपाल सरकारले नयाँ लागु गरेको भवन नीतिमा उल्लेखित मापदण्द पूुर्ण रुपमा कडाईका साथ लागू गरिने छ ।

५)            गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकासका लागि विभिन्न      तालिमहरु प्रदान गरिने छ । राम्रो कार्यसम्पादन भएका अन्य स्थानीय तहसंग अन्तरक्रिया र    अवलोकन भ्रमण गराई थप क्षमता विकासको लागि प्रयास गरिने छ ।

६)            गाउँपालिकाको संस्थागत क्षमता अभिबृद्धि गर्न आवश्यक कार्य गरिनेछ ।

७)            कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन पद्दतिलाई प्रभावकारी र वैज्ञानिक बनाई सेवामुखी एवं            जवाफदेही बनाईनेछ ।

८)    गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा कार्यरत निजामती र स्थानीय तहका (            पूर्णकालीन) कर्मचारीहरुलाई शुरु तलव स्केलको २०% प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

९)            गाउँपालिकाको संगठनात्मक संरचना तथा आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गरी     गाउँपालिकालाई चुस्त र छरितोे संगठनको रुपमा विकास गरिनेछ , साथै पदपूर्तिको लागि        आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

१०)         पारदर्शीता एवं सुशासन कायम गर्न सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक           सुनुवाई                  कार्यक्रम संचालन गरिनेछ ।

११)         अस्थायी प्रकृतिका सेवाहरु जस्तै फोहोरमैला व्यवस्थापन, विद्युत, खानेपानी आपूर्ती, सुरक्षा,    सरसफाई,सवारी चालक, भान्से जस्ता सेवाहरु सेवा करारमा लिइनेछ ।

१२)         यस गाउँपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा नसमेटिएका तर सम्बन्धित निकायबाट आकस्मिक रुपमा प्राप्त हुने बजेट तथा कार्यक्रम र गाउँभित्र गर्नुपर्ने आकस्मिक तथा अत्यावश्यक कार्यहरु गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी कार्यान्वयन गर्ने र आगामी गाउँ सभाबाट अनुमोदन गरिनेछ ।

 

गाँउपालिका उपाध्यक्ष कमला कायस्थद्धारा प्रस्तुत गरिएको वजेट, निती तथा कार्यक्रम

 

 

 

 

 2,388 total views,  2 views today

Related posts