श्रमिकलाइ राहत बितरण गर्दै जुगल गाउँपालिका

जनतापत्र सम्बादाता । जुगल गाउपालिकाले दैनिक ज्यालादारिमा काम गरीखाने र लकडाउनका कारण समस्या परेका श्रमिक परिवारका लागि राहत सामग्री उपलब्ध गराउने भएको छ । सो गाउँकार्यपालिकाको निर्णय अनुसार वितरण गरिने राहत सामग्री आज ढॉडे आइपुग्ने र तत्काल वडामा पठाइने जुगल गाउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छ्न ।
सो राहत बितरणको लागि आवश्यक तयारीमा रहन वडा समितिहरुलाई अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छ्न । साथै जुगल स्थायी ठेगाना भई हाल काठमान्डौ लगाएत आसपासका क्षेत्रमा बसोबास गर्दै आईरहेका परिबारहरु लकडाउनका कारण गाउँ आउन नि नसकेका र दैनिक हातमुख जोर्न समस्या भएकाको हकमा पनि सबैलाइ न्यायोचित व्यवस्था मिलाउने उनिले बताएका छ्न । उनले भनेका छ्न , सजिलो बिधि बनाएर एउटा टुंगोमा पुग्नेछौं र काम सुरु गरिहाल्नेछौ । जो जहॉ हुनुहुन्छ त्यहि सुरक्षित रहनुहोला ।

 308 total views,  2 views today

Related posts