सिन्धुपाल्चोकमा कोरोना छैन भने पछि…..

जनतापत्र संवाददाता ।
सिन्धुपाल्चोकमा कोरोना छैन भने पछि जिल्लावासी हर्षित वनेका छन । विश्व आक्रन्त वनाइरहेको कोरोना तत्काललाई जिल्लावाट मुक्त भएको छ । हालसम्म ६५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले दिएको जानकारी अनुसार आइसोलेसनमा रहेका सबै विरामी घर फर्किएका छन । उनीहरुको अवस्था राम्रो रहेको छ ।
जिल्लामा संक्रमित मध्ये ६३ जनाले कोरोना जितेका छन भने दुई जनाको मृत्यु भएको थियो ।

शुन्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम नै रहेकाले थप सचेतना अपनाउदै सामाजिक दुरी कायम राख्न जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईले वताए ।

 365 total views,  2 views today

Related posts