सिन्धुलाई प्रदेश सरकारको सहयोग

जनतापत्र संवाददाता , चौतारा ।
बाग्मती प्रदेश विपद व्यवस्थापन निर्देशक समितिले सिन्धुपाल्चोक जिल्लामा विपदको सामना गरिरहेको पालिकालाई सहयोग प्रदान गरेको छ
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको वैठकले स्थानिय तहहरुका विपद व्यवस्थापनको लागि प्रदेश सरकारबाट प्राप्त गर्ने सहयोग हुने भएको हो । वैठकले बाह्रबिसे नगरपालिकालाई रु १५ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५ लाख सहयोग गर्ने भएको हो ।
प्रदेश सरकारले यस अघि बाह्रबिसे नगरपालिकालाइ ३० लाख , भोटेकोशी गाउँपालिकालाइ १५ लाख र जुगल गाउँपालिकालाइ १० लाख प्रदान गर्ने निर्णय भैसकेको थियो ।

 3,424 total views,  2 views today

Related posts