स्वास्थ्य टोली जादैं पुर्व मन्त्री वस्नेतको घर

जनतापत्र संवाददाता, चौतारा ।
पुर्व सुचना तथा संचार मन्त्री मोहन वहादुर वस्नेतका पिताको मृत्यु पछि कोरोना भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएसंगै जिल्ला भर त्रास उत्पन्न भएको छ ।
वस्नेतका पीताको दाहसंस्कारमा मलामीहरुको भिड् थियो । जसकारण सो भिडवाट कोरोना संक्रमणको खतरा रहेको वुझिएको छ । वस्नेतका परिवारलाई भेटघाट गर्न जाने पनि धेरै छन ।
सोही सन्दर्भमा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सवैलाई सतर्क रहन आग्रह गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय ( डीसीसीएमसी) का सल्लहाकार समितिका संयोजक समेत रहेका तामाङले कन्ट्र«ाकटेसीङ्का आधारमा वस्नेतको परिवारलाई परिक्षण गरिने र पोजेटीभ देखिएको अवस्थामा उनीहरुको सम्पर्कमा गएका सवैको स्वाव परिक्षण गरिने समेत उनले वताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुख दुर्गादत्त चापागाईको नेतृत्वमा स्वास्थ्यको टोली स्वाव परिक्षणको लागी वस्नेतको वाह्रविसे नगरपालिका स्थीत घरमा पठाइ सकेको प्रमुख तामाङले वताए ।

 3,615 total views,  2 views today

Related posts