गेलुङखोला हाइडोपावर प्रति नेकपाको आक्रोस

जनतापत्र संवाददाता, चौतारा ।
सिन्धुपाल्चोक जुगल गाउँपालिकामा सञ्चालित गेलुङ खोला हाइड्रोपावरको हाइटेन्सन लाइन विस्तारमा स्थानीयले अवरोध सृजना गरेका छन ।

३ दशमलव ३ मेगावाट क्षमताको आयोजनाको पावर हाउसदेखि चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेमा सबस्टेसनका लागि हाइटेन्सन लाइन विस्तार गर्ने क्रममा पोल राख्दा विवादको सुरु भएको चौतारा साँगाचोकगढी नगर पालिका वडा नम्वर २ का नेपाल कम्युष्टि पार्टी (नेकपा) वडा कमिटी अध्यक्ष रामचन्द्र थापाले बताए ।


गेलुङखोला हाइडोपावर कम्पनिले स्थानियबासीसंग गरेको पुर्ब सहमतिको पालना नगरी स्थानीय जनतालाई पेलेर अघि बढ्ने कम्पनिको रबैयाले नागरिकलाई थप आक्रोसित बनाएको छ । कम्पनिको रवैया प्रति घोर भ्रत्सना गर्दै झुठा मुद्धाफिर्ता लिई अविलम्व संवाद र आपासी बार्ताको माध्यमवाट समस्याको निकास निकाल्न माग गर्दछौ । अन्यथा यस वाट सृजना हुने सवैखाले परिस्थितिको जिम्मेवार कम्पनी आफै हुनेछ भन्दै यो प्रेस विज्ञप्ती जारी गरिएको उनै थापा बताउछन् ।
विज्ञप्ति यस प्रकार छ ।

 3,851 total views,  2 views today

Related posts