लिदि पहिरो पीडितलाई पालिकाहरुको सहयोग

‍जनतापत्र संवाददाता ,सिन्धुपाल्चोक ।
जुगल गाउँ पालिका अहिले बाढी बहिरो जस्ता विभिन्न बिपत्तीहरुको सामाना गरिरहेको छ यसै सन्दर्भमा आज गाउपालिकामा सहयोग कार्यक्रम सम्पन्न भयो। मेलम्ची नगरपालिकाले २ लाख चौतारा नगरपालिकाले २ लाख, काभ्रेको मण्डनदेउपुर नगरपालिकाले १ लाख ५१ हजार, सिन्धुलिको हरिहरपुर गाउँ पालिकाले १ लाख ५० हजार  हस्तान्तरण गरे।
उक्त कार्यक्रममा नेकपा नेता सुभाष कर्माचार्यले बिपत्तिका समयमा सिङ्गो पार्टी पङ्ती एकताबद्ध भएर गरेको मेहनतको चर्चा गरे। विभिन्न जिल्लाको स्थानिय तह र त्यहाको जनताको मनमन देखि गरेको सहयोगको प्रसंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे। त्यस्तै नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले बिपत्तिमा पार्टिले ब्यबस्थित योजना सहित अगाडि बड्न सफल भएको र बिपत्तिले उत्पन्न गरेको चुनौतिलाई अबशरका रुपमा लिनुपर्ने बताए। मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले जिल्ला भित्र बाढी पहिरोका कारण धेरै बस्तिहरु जोखिम भएको बताउदै सुरक्षीत ठाउँमा स्थानान्तरण गर्नुपर्ने र त्यसका निम्ति तिनै तहका सरकारको समन्वय हुनुपर्नेमा जोड दिए। कार्यक्रममा चौतारा नगरपालिका प्रमुख अमानसिंह तामाङ, मन्डन्देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले धारणा राखेको युबा नेता जेपि सिलवालले जानकारी दिए।

 3,500 total views,  2 views today

Related posts