लिदि पहिरोले बिचल्लीमा पारेकालाइ जुगल सरकारको साथ

जनतापत्र संवाददाता, जुगल ।
जुगल गाउँपालिका २ लिदीबाट बाँसखर्कमा अस्थायी स्थानान्तरण गरिएका १५६ घरधुरीका लागि खाना पकाउने ग्याँस सिलिण्डर, चुल्हो सहितको सेट अाईतवार वितरण गरिएको छ । स्वास्थ्य सहयता कक्ष संचालनका लागि टेन्ट फर्निचर लगाएतकाे आवश्यक सामाग्री पनि बिस्तापित बस्तिमा पुर्याईएकाे गाउँपालिकाकाे अध्यक्ष हाेमनारायण श्रेष्ठले बताए ।

आधारभुत आवश्याक्ता पुरा गरी अस्थायी वासस्थानलाई व्यवस्थित गर्दै स्थायी वासस्थनका लागि ध्यान केन्द्रीत गर्न जरुरी भएकाे पालिका अध्यक्ष हाेम नारायण श्रेष्ठले बताए ।
लिदी, नाम्फा, बोल्दे लगाएतका धेरै विस्थापित वस्तीहरुको स्थायी स्थानान्तरण विशेष महत्वको भएकोले सहयोग प्रणालीलाई पनि त्यसै अनुुसार केन्द्रीत गर्न समेत सम्पुर्ण सहयोग दाताहरुलाई अनुरोध गरिएकाे अध्यक्ष श्रेष्ठले बताए ।

वस्ती स्थानान्तरण प्रक्रियाका लागि आवश्यक पर्दा ऐन नियम कानुनहरुमा समेत संसोधन गर्नु पर्ने छ । एैन नियम कानुन संसाेधन गर्नकाे लागि संघ तथा प्रदेश सरकारको समेत प्रतिवद्धता प्राप्त भइसकेकोले हामी आशावादी रहेकाे अध्यक्ष श्रेष्ठ बताउछन् ।

 3,361 total views,  2 views today

Related posts