लिदी पहिरो पीडितलाई मन्त्री दुलाल मार्फत राहत वितरण

जनतापत्र संवाददाता, जुगल ।

जुगल गाउँपालिका २ लिदीको पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । सो राहतलाई सामाजिक विकास मन्त्री युबराज दुलालले वितरण गरेका थिए । सेलाङ बासखर्कमा रहेका लिदि पहिरो बिस्थापित लागी होप एयरलाइन्स, होपमिन फ्यामेली र बिभिन्न ब्यक्तिहरुको सहयोगमा राहत वितरण गरिएको हो ।
वाङचुक राप्तेन लामा स्वास्थ्य कर्मी, समाजसेवीको संयोजनमा राहत सामाग्री उपलब्ध गराएका थियोे ।
विस्थापीत १७२ घर दुरीलाई प्रति घर चामल २५ केजी, दाल ५केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २केजी, चिया पत्ती १ प्याकेट बितरण गरिएको थियो ।
सो राहत वितरण कार्यक्रममा वोल्दै मन्त्री दुलालले लिदीवासीले परेको समस्यालाई हल गर्दै जाने वताए । उनीले वाँसखर्कमा अस्थायी रुपमा वसेकाहरुलाई कसरी थायीरुपमा वस्ने वातावरण वनाउन सकिन्छ भनेर सरकारले सोचिरहेको समेत वताए ।

 2,331 total views,  2 views today

Related posts