माधव नेपाल ,पुर्व वरिष्ठ उपाध्यक्ष,प्रेश चौतारी नेपाल
लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सुन्दर पक्ष हो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । यो महत्वलाई आत्मसात् गर्दै जनतापत्र प्रकाशन तथा प्रशारण भएको सत्य हो । सिन्धुवासीको सूचनाको प्यास मेटाउन जनतापत्रले गरेको भूमिका सानो पक्कै छैन । समयसँग बदलिँदै छापा अनि डिजिटल माध्यमलाई अंगिकार गरेको यो सञ्चारमाध्यमले श्रब्यदृष्यको माध्यमबाट पनि सूचना दिईरहेको हामीले देखेका छौं । त्यसकारण पनि यसमा आवद्ध साथीहरु बधाईको पात्र हुनु भएको छ ।
सञ्चारमाध्यमको स्थापना र सञ्चालन मात्र ठूलो कुरा होईन । यसको बिश्वासनीयता प्रमुख बिषय हो । पाठक,दर्शक र स्रोता माझ लैजाने बिषयबस्तु र यसको पुष्टिले मात्र सञ्चारमाध्यमको गरीमा अझ ओजिलो हुन्छ । त्यसकारण जनतापत्रले पाठकको बिश्वास जित्ने काम समाचारको पुष्टिले गर्नु पर्दछ । सिन्धुपाल्चोक जिल्लालाई आधार मानेर सञ्चालन भएको यो प्रकाशन तथा प्रशारणले सिन्धुका रोदन,क्रन्दन र पीडालाई उजार गर्न सक्नु पर्दछ । यहाँका सकारात्मक कामलाई हौसला दिन सक्नु पर्दछ । खराव कामलाई खवरदारी गर्न सक्नु पर्दछ । यो नै तपाईहरुको सफलताको सूचक पनि हो ।
पत्रकारिकालाई चौथो अंगको रुपमा बिश्लेषण गरिएको हाम्रो मुलुकमा यसका बिकृति धेरै छन् । ‘लिनेदिने’ पत्रकारिताको विकासले यस क्षेत्रमा धेरै गाँजेको छ । ब्यवसायिक पत्रकारिताको नाममा आफ्नो ब्यवसाय सञ्चालन गर्ने माध्यम पत्रकारितालाई बनाईएको छ । यो दुःखद बिषय हो । यसलाई हामी सवैले खवरदारी गर्नु आवश्यक छ । जनतापत्र पनि यो बिषयमा चनाखो पक्कै छ । आगामी दिनमा पनि बिकृतिलाई औंला ठड्याउने स्थानमा पुगोस् कामना छ ।
स्वरोजगारमुखी सञ्चारमाध्यम सञ्चालन सजिलो बिषय पक्कै होईन । त्यसमा पनि जनपक्षीय पत्रकारिताको अवधारण अंगिकार गर्नु चानचुने बिषय हुँदै होईन । यी तमाम बाधा,समस्या र अल्झनलाई चुनौती दिएर जनताको मुद्धा उठाउन जनतापत्रले गरेको योगदानलाई उच्च प्रशंसा गर्नु पर्दछ । आगामी दिनमा पनि यसले अझ सफलता प्राप्त गर्न सकोस् । नयाँ बर्षगाँठ प्रबेशको अवसरमा जनतापत्रले जनताको आवाज घनिभूतरुपमा उठाउने सकोस् । प्रगति,उन्नती र सफलताको अधिकत शुभकामना ।
1,856 total views, 2 views today