एमालेको अगुवा कार्यकर्ता भेला

नेकपा(एमाले) चौतारा साँगाचोकगढि नगर पालिका-१३,ठुलोसिरुवारीको अगुवा कार्यकर्ता भेला भव्यताका साथ सम्पन्न भएको छ।
भेलाले शुक्रराज प्याकुरेलको संयोजकत्वमा पुर्ण बहादुर श्रेस्ठ सह- संयोजक रहने गरि ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ।
त्यसैगरी भूपेन्द्र दुलाल संयोजक र  विजय केसी सचिव रहेको २९ सदस्यीय युवा संघ,  भक्त बहादुर पुरी संयोजक, गणेश बहादुर श्रेस्ठ सह- संयोजक र  राजकुमार  थापा सचिब रहेको २९ सदस्यीय अखिल नेपाल किसान महासंघ र  देवकी भण्डारी संयोजक, निरा गिरी सह- संयोजक र बिमला श्रेस्ठ सचिब रहेको २९ सदस्यीय महिला संघ सर्वसम्मत छनौट गरिएको छ।
सो भेलामा पुर्ब सम्सद कृष्णराज श्रेष्ठले सम्बोधन गरेका थिए ।

 4,224 total views,  2 views today

Related posts