त्रिपुरा सुन्दरी गाँउ पालिकामा ४५ वेड क्षमताको आइसोलेसन वन्दै ।


रामकृष्ण खड्का, त्रिपुरा


त्रिपुरा सुन्दरी गाँउ कार्यपालिकाको बैठक मंगलवार गाउँ पालिकाको कार्यलय पिस्करमा सम्पन्न भएको छ । कार्यपालिका बैठकले वढ्दो कोभिड संक्रमणदर लाई ध्यानमा राखेर पालिकाको तिन स्थानमा अक्सिजन सहितको आईसोलेसन वार्ड निमार्ण गर्ने निर्णय गरेको छ ।


आइसोलेसन सो गाँउपालिका वडा नम्वर ४ पिस्करमा रहेको मंगलमाई माध्यामिक विधालयमा भवनमा २० वेड क्षमताको, वडा नम्वर ३ धुस्कुनको हरिशिद्धि आधारभुत विधालय भवनमा २० वेड क्षमताको र वडा नम्वर ५ तौथलीको जस्सिले सामुदायिक भवनमा तत्काल ५ वेड क्षमताको आइसोलेसन केन्द्र अक्सिजन सुविदा सहितको निमार्ण गर्ने निर्णय गरेको गाँउपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


सो बैठकले विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न गाँउपालिका स्तरिय कोभिड १९ रोकथाम तथा नियन्त्रण समिति गठन गरेको सो गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक चन्द्रनारायण शाहले जानकारी दिनुभयो ।

 2,630 total views,  4 views today

Related posts