कोरोनाको कारण एमालेका आदर्श नेता पशुपति चौलागाईं रहेनन्

जनतापत्र , ‍काठमाडौं । कोरोनाका कारण नेकपा एमालेका नेता तथा प्रदेश सभा सांसद पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईं नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको थियो। चौलागाईंको मृत्यु भएको जानकारि एमाले नेता सुरेन्द्र पाण्डेले दिनु भएको छ ।
चौलागाईं एमाले पोलिटब्युरो सदस्य  हुनुुुुुहुन्थ्यो । विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग थियो ।
अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, प्रजातान्त्रिक राष्ट्रिय युवा संघका अध्यक्ष नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको वाग्मती प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईंलाई एमाले भित्र प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेरिएको थियो । उनी माधव नेपाल समुहको वाग्मति प्रदेश इन्चार्ज थिए ।
२०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र  २०७४ को चुनावमा दोलखा २ बाट  प्रदेश सभा सदस्य जित्नु भएको थियो ।
पञ्चायतकाल देखि नै विद्यार्थी आन्दोलन(अखिल) हुँदै राजनीतिमा सक्रिय चौलागाईं निकै सरल र सादा जीवन, असल आचरण, व्यवहारका धनी, सधैं प्रष्ट र उत्कृष्ट विचार राख्नु हुने, योग्य र सक्रिय थिए। पशुपति चौलागाईको निधनले नेकपा(एमाले), कम्युनिष्ट आन्दोलन, समग्र न्याय र समानताको आन्दोलनलाई गम्भीर क्षति पुगेको नेकपा एमालेका नेता झम्क नेपालले बताउनु भयो ।

 1,841 total views,  2 views today

Related posts