एमालेको अन्तर कलह साम्य हुँदै , नेपाल पक्षको राजीनामा स्थगित

जनतापत्र , काठमाडौ ।
एमालेका अध्यक्ष ओली र नेता नेपाल सहमति नजिक पुगेका छन् । र माधव कुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा नदिने भएका छन ।

दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफल भएको थियो ।

माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ ।

तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।

 2,137 total views,  2 views today

Related posts