एमालेका अध्यक्ष केपी ओली फेरी प्रधानमन्त्री

जनतापत्र, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ शुक्रबार अपरान्ह हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।
अब ३० दिनभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

 3,041 total views,  2 views today

Related posts