बलेफीले १५ हजार डोज खोप किनेर नागरिकलाई लगाउने

अमृत थापा, वलेफी ।
बलेफी गाँउपालिकाले कोभिड नियन्त्रणका १५ हजार खोप किनेर नागरिकलाइ लगाउने कार्यपालिकाले निर्णय गरेको छ । पालिका भित्रका कोभिड पोजेटिभ देखिएकाहरुलाइ पोषण स्वरुप २००० दुई हजारको दरले रकम दिने निर्णय समेत गरेको छ ।
कोभिडको अबसरमा एकदमै संबेदनसिल हुँदै अगाडि बढेको बलेफी गाँउपालिकाले सिन्धुपाल्चोक पत्रकार महासंघले स्थापना गरेको राहत कोषमा पनि १ लाख दिने निर्णय समेत गरेको छ । नागरिकको स्वास्थ्य उपचार प्रमुख कुरा भएकोले जति पनि बजेट छुट्टाउन तयार रहेको बलेफी गाँउपालिकाका अध्यक्ष केदार छेत्रीले जानकारी दिनुभयो ।।।
बलेफी गाउकार्यपालिकाले विशेष गरि कोभिडको लडाइमा बिजय प्राप्त गर्नेगरी गाँउपालिका हर्दम अगाडि बढ्ने वडा नं.१ का वडा अध्यक्ष मधु बहादुर थापाले जानकारी दिनुभयो ।

 6,216 total views,  2 views today

Related posts