धरमपानी सामुदायिक वन समुहले वितरण गर्यो स्वास्थ्य सामग्री

धरमपानी सामुदायिक वन समुहले वितरण गर्यो स्वास्थ्य सामग्री
जनतापत्र, वलेफी ।
धरमपानी सामुदायिक वन समुहले आफ्ना उपभोक्ताहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
वलेफी गाउँपालिकाको सहयोगमा भएको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा वोल्दै वलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले कोभिडले आक्रन्त वनिरहेकोको परिस्थीतिमा यस्तो सहयोगले उपभोक्ताहरु माझ विशेष महत्व राख्ने वताउनु भएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महाँसंघ वलेफी गाउँपालिकाका अध्यक्ष टीका सुवेदीले कोभिटको संकटको घडीमा स्वास्थ्य सामग्री वितरण गरेर सामुदायिक वनले नमुनाको काम गरेको वताउनु भयो ।
सावन, माक्स लगायत स्वास्थ्य सामग्री वितरणको क्रममा धरमपानी सामुदायिक वन समुहका अध्यक्ष दिर्गवहदुर सुवेदीले उपभोक्ताहरुलाई सचेत रहन उदाहरणका रुपमा स्वास्थ्य वितरण गरेको वताउनुभयो ।

 3,500 total views,  2 views today

Related posts