अनेरास्ववियु केन्द्रिय कमिटि लाखौँ रुपैयाँकाे राहत वाेकेर पुग्याे हेलम्वु ।

जनतापत्र, हेलम्वु ।

अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा हेलम्वु गाउँ पालिकाकाे वाढिपिडितहरुकाे लागि राहात वितरण गरेकाे छ ।

शुक्रबार अनेरास्ववियुले अत्यावश्यक ५ लाख रुपैयाँ वरावरकाे मेडिकल सामग्री, त्रिपाल सय थान , चामल, चिउरा, दाल, नुन, विष्कुट लगायत १५ लाख रुपैया वारावरकाे खाद्यान्न सामाग्री वितरण गरिएकाे साे संगठनको महासचिव अारति लामाले जानकारी दिनुभयाे ।

साे संगठनकाे केन्द्रीय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, महासचिव अारति लामा सहितकाे टाेली राहात सामाग्री लिएर हेलम्वु पुगेको थियाे ।
साे राहात सामाग्री हेलम्वु गाउँ पालिका वडा नम्वर २ काे वडा अध्यक्ष छिरिङ ग्याल्वाे लामा लाई हस्तान्तरण गरिएको थियाे ।
साे राहत वितरण गर्ने टाेलीलाई नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव नेपालले काठमाडौवाट विदाई गर्नु भएकाे थियाे ।

 1,680 total views,  2 views today

Related posts