कुमारी बैंकले गर्याे मेलम्ची वाढि पिडितलाई राहात हस्तान्तरण ।

जनतापत्र,मेलम्ची ।

मेलम्ची नगरपालिकाकाे वाढि पिडितहरुकाे लागि कुमारी बैँकले शुक्रबार राहात उपलब्ध गराएकाे छ ।

साे वैँकले नगर विपत् व्यवस्थापन केन्द्र लाई ६ सय २२ नुहाउने लुगाधुने सावुन,अायाेनुन ३ सय १० प्याकेट, ब्ल्याङ्केट ५ सय थान उपलब्ध गराएकाे थियाे ।
त्यसैगरि साे वैँकले टेन्ट १० थान , म्याट सय मिटर,डईफर १४ सय थान,सेनिटरि प्याड २ हजार १६ थान,खाद्यान्न ३ सय १० वटा, लिटाे २ सय प्याकेट,वच्चालाई दूध खुवाउने वाेतल बीस थान, ल्याक्टिजिन ३ सय प्याकेट राहात साे वैकले उपलब्ध गराएकाे साे वैँककाे कर्मचारी नवीन पाण्डेले जानकारी दिनुभयाे ।

नगर विपद व्यवस्थापन केन्द्रलाई नगर प्रमुख डम्वर वहादुर अर्यालकाे उपस्थितिमा साे वैँककाे शाखा प्रवन्धक विनाेद भक्त श्रेष्ठले साे राहात सामाग्री हस्तान्तरण गर्नुभएको हाे ।

राहात सामाग्री हेलम्वु गाउँपालिकाकाकाे लागि पनि उपलव्ध गराउने तयारी भईरहेकाे साे वैकका कर्मचारी नवीन पाण्डेले जानकारी दिनुभयाे ।

 1,584 total views,  2 views today

Related posts