पहिरोका कारण छेन्ताङमा फसेका ४ जना महिलाकाे उद्वार ।

जनतापत्र, जुगल ।


मनसुनको शुरुवातसंगै जुगलका जलाधार क्षेत्रमा परेको अविरल बर्षाका कारण वाढिले नेसामखोलाका पुल बगाएकाे छ ।
तेम्बाथान, तेगा, दीपु, साङलुङसंगको पैदल मार्ग पहिराेकाे कारण भत्किएको छ । लाङटाङ खोला र पेमासाल आसपासमा गएको पहिरोको अवलोकन तथा आपत्कालिन रेस्पोन्सका सामाग्री लिएर छेन्ताङ सम्म पुगिएकाे जुगल गाउँपालिकाकाे अध्यक्ष हाेम नारायण श्रेष्ठले जानकारी दिनुभयाे ।
अवलाेकन तथा अापत्कालिन रेस्पाेन्स उद्धार गर्नकाे लागि हाईड्राे व्यवसायी भरत पराजुलीको हेलिकोप्टर सहयोग गर्नु भएका गाउँ पालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।
पहिराे वाट विस्थापित दीपुमा ४० थान त्रिपाल र चौरी खर्कमा रहेका चौरीपालक किसानहरुलाई अावश्यक खाद्यान्न लगाएतका सामाग्री तत्कालका लागि पुर्याईएकाे पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।

पुलसम्पर्क टुटेको तथा पहिरोका कारण छेन्ताङमा फसेका ४ जना महिलालाई उद्वार गरि दीपुमा सकुशल ल्याईएकाे छ । खराब मौसमका कारण लाङटाङ र पेमासाल एरियाकाे अवस्था वुझ्न भने नसकिएकाे जानकारि दिनुभयाे ।

दीपु वस्ती स्थानान्तरण नै गर्नु पर्ने गरी जोखिममा छ ।
प्राविधिक हिसाबले एक दम कठिन छ यद्यपी तेगाको पुल, नेसमखोला पुल तत्काल निर्माण गरी आवागमन सुचारु गर्ने लक्ष्य लिईएको छ ।
प्राकृतिक विपत्तीसंग जित्न सकिदैन, जोखिम नमाेलौ, सुरक्षित रहौं । आफ्नो र अाफ्नाे परिवारको ख्याल गर्न गाउँ पालिका अध्यक्ष हाेम नारायण श्रेष्ठले साकाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्नुभएकाे छ ।

 1,587 total views,  2 views today

Related posts