टिकटक परिवारद्धारा वाढी प्रभावितहरुलाई राहत वितरण


जनतापत्र,मेलम्ची ।

मेलम्ची वाढी प्रभावितहरुलाई गणेशमान कृष्ण प्यारी स्मृति प्रतिठान, मिलिजुली टिकटक परिवार एवंम सचेत युवा जागरण खैरहनी , चितवनले राहत वितरण गरेको छ ।
घरवार विहीनभएकाहरुको जिवनयापनमा सहज होस् भन्ने मनशायले सो राहत संकलन गरिएको थियो ।


शनिवार मेलम्ची पुगेर लाखौं वरावरको खाद्यान्न वितरण गरेको सो टिकटक परिवारका सदस्य लक्ष्मी श्रेष्ठले बताउनु भएको छ ।
वाढी पीडितहरुलाई दाल, चामल, ग्यास चुलो ,सिलिन्डर रेगुलेटर पाइप ,थाल ,कचौरा ,नून ,चाउचाउ ,बिस्कुट, भुजिया ,चिउरा, जुस ,दलमोड ,आलु मस्यौरा ,पानी म्याटेज, कफी ,कपडा, स्वास्थ्य सामग्रीहरु लगायत सो परिवारका केन्द्रीय अध्यक्ष राजन कडेंलसहितको टोलीले वाढी प्रभावितहरुलाई खाद्यन्न सामग्री हस्तान्तरण गरेको थियो

 1,937 total views,  2 views today

Related posts