एमालेले दियो बलेफी पालिकालाई स्वास्थ्य सामग्री

जनतापत्र, वलेफी
नेकपा एमाले वलेफी गाउँकमिटीले स्वास्थ्य सामग्री वलेफी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । आइतावार एमालेका नेताहरु डुपछिरिङ तामाङ, डिवि थापा, राजेन्द्र कायस्थलगायत नेताहरुले वलेफी गाउँपालिकाका अध्यक्ष केदा क्षेत्रीलाई करिव ३ लाख भन्दा माथीको सो सामग्री हस्तान्तरण गरेका हुन ।
अक्सीजन सिलिन्डर, अक्सीजन कन्स्टेटर, ग्लोव्स, पिपिइ सेट, अक्सीमिटर,थर्मोमिटर लगायतका सामग्रीहरु हस्तान्तरण गरेको एमाले नेता डिवि थापाले वताउनु भएको छ ।
अप्ठारो समयमा सहयोग गरेको प्रति पालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमालेलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। सो कार्यक्रममा उपाध्यक्ष कमला कायस्थ, वडाअध्यक्षहरु मधु थापा, कालिप्रसाद लामा, कार्केल लामा, चरिवहादुर तामाङ लगायतको उपस्थीति रहेको थियो ।

 2,128 total views,  2 views today

Related posts