वाढी प्रभावितको मर्म वुझ्दै प्रधानमन्त्री ओली हेलम्वुमा ( भिडियो सहित )

टीका सुवेदी, हेलम्वु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाढीपहिरो पीडितलाई उचित व्यवस्था मिलाउने वताएका छन । शनिवार हेलम्वु र मेलम्ची आई वाढीको अवस्था वुझेका शर्माले वाढी प्रभावितहरुलाई सरकारले व्यवस्था मिलाउने वताएका हुन । हेलम्वुको गणेशे वगरमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री शर्माले वाढी प्रभावितहरुलाई अस्थायी आवसको लागी तत्काल ५० हजार र जस्ता उपलव्ध गराउने वताएका छन । उनले सुरक्षीत स्थानमा एकिकृत वस्ती निर्माणमा लागी व्यवस्थीत योजनाका साथ अगाडी लाने वताए । उनले अगामी दिनमा सुरक्षीत व्यवस्थापन गरी विपत्तीवाट जोगीन सवैलाई शुभकामना व्यक्त गरे । सो कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त निवाङ, पुर्व मन्त्रीहरु शेरवहादुर तामाङ, आनन्द पोखरेल, दावा तामाङ लगायतको उपस्थीत रहेको थियो । सोही कार्यक्रम पश्चात प्रधानमन्त्री ओली मेलम्चीमा पनि गई वाढीले प्रभाव पारेको वस्तीको अनुगमन गरेका थिए ।

 6,907 total views,  2 views today

Related posts