एमाले सिन्धु काठमाडौं सम्पर्क मन्चले हस्तान्तरण गर्याे मेलम्ची, हेलम्वु वाढि प्रभावितलाई राहात

जनतापत्र, मेलम्ची ।

वाढि पहिराेवाट प्रभावित मेलम्ची नगर र हेलम्वु, पाचँपाेखरी गाउँ पालिकामा शनिवार एमाले सिन्धु काठमाडौं सम्पर्क मन्चकाे समन्वयमा राहात वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

साे राहात सामाग्री सिन्धु मिलन केन्द्र र एमाले सिन्धु काठमाडौँ सम्पर्क मन्चकाे समन्वयमा संकलन गरिएको थियाे ।
हेलम्बु,मेलम्ची र पाचपाेखरि बाढि प्रभावित क्षेत्रका नागरिकहरुलाई तत्कालीन अबस्थामा खाेलाबाट हुने थप क्षेतिबाट राेक्नकाे लागि स्थानीय तह बाट भईरहेकाे प्रयत्नलाई सहयाेग पुर्याउने उदेश्यले साे राहात सामाग्री वितरण गरिएको थियाे । स्काभेटर सन्चालनकाे लागि डिजेलकाे अभाव भइरहेको अवस्थामा एमाले सिन्धु काठमाडौं सम्पर्क कमिटीको तर्फबाट सम्वन्धित स्थानमा पुगि डिजेल हस्तान्तरण गरिएकाे साे पार्टीको सिन्धु काठमाडौ सम्पर्क मन्चकाे अध्यक्ष शिवहरि सापकोटाले जानकारी दिनुभयाे ।

साे राहात डिजेल ३४ सय लिटर सम्वन्धित पक्षलाई हस्तान्तरण गरिएकाे पनि साे पार्टीको सम्पर्क मन्चकाे अध्यक्ष सापकाेटाले जानकारी दिनुभयाे ।

साे राहात डिजेललेे पाचपाेखरि गाँउपालिका सडक व्यवस्थित गर्न , तेर्से मावि तथा बस्थि संरक्षण गर्न, ग्यालथुम बजार संरक्षण तथा सरस्वती मावि संरक्षण, चनाैटे वजार तथा राताे पुल संरक्षण, चनाैटे राताे पुल देखि गाउँ पालिकाकाे कार्यलय सम्म सडक व्यवस्थित गर्न सहयाेग पुर्याउने अपेक्षा साे पार्टिले राखेकाे छ ।
त्यसैगरी राहात हस्तान्तरण कार्यक्रममा साे पार्टिकाे वाग्मती प्रदेश सचिवालय सदस्य शुभास कर्मचार्य , जिल्ला अध्यक्ष झम्क नेपाल जिल्ला कमिटी सदस्य गम्भीरलाल श्रेष्ठ लगायत साे पार्टीको जिल्ला नेता कार्यकर्ताहरुकाे उपस्थित रहेकाे थियाे ।

 8,290 total views,  2 views today

Related posts