वादल फाँडेर फेरी सुर्य उदाँउने छ -ओली

जनतापत्र, काठमाण्डौं ।

प्रधानमन्त्रीका रूपमा बालुवाटारबाट अन्तिम सम्बोधन गर्दै केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको कडा आलोचना गरेका छन् । उनले सर्वोच्चको फैसला त्रुटीपूर्ण भए पनि पालनामा आफू स्पष्ट रहेको बताए ।
ओलीले आफ्नो सम्बोधनमा भने, ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । सर्वोच्चको फैसलाले नेपालमा दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको ओलीले आरोप लगाए ।
जादाँ जादै एमाले अध्यक्ष ओलीले भने हामी जनताप्रति वफवदार छौं । केही समय वादल लागेको हो । वादल फाँडेर फेरी सुर्य उदाउने छ ।

 8,561 total views,  2 views today

Related posts