खाडीचौरमा जल्यो माधबकुमार नेपालको फोटो

जनतापत्र, बलेफी । नेकपा एमालेका कार्यकर्ताले  परमादेशबाट प्रधानमन्त्री नियुक्तीको बिरोधमा मसाल जुलुससहित नाराबाजी गरेका छन् ।  
एमाले नेता कार्यकर्ताले खाडीचौर बजारमा परमादेश जारी गर्ने सर्वोच्चका प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणा र नेता माधव नेपालको फोटो समेत जलाएका छन् ।   पार्टी हित बिपरीत कार्य गरेको  भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी गरे । 

मसाल जुलुसपछि खाडीचौर बजार चोकमा आयोजित कोणसभामा युवा संघका केन्द्रिय सचिवालय सदस्य राजकुमार सुवेदीले संम्बोधन गरेका थिए ।
जुलुसमा खाडीचौर र आसपासका एक सय बढि युवा बिद्यार्थी सहभागी थिए । कार्यक्रममा  बलेफी र सुनकोसी गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरु पनि सहभागि थिए

 14,014 total views,  2 views today

Related posts