तुइन बन्दा नै स्थानीयमा खुशी छायो

जनतापत्र, जुगल ।

जुगल गाउँपालिका वडा नं. ३ नेसम खोलामा तुइन माओबादी केन्द्रको सक्रियतामा निर्माण भएपछि आवत जावतमा सहजता मिलेको छ ।
अझैपनि सडक सञ्जालसँग नजोडिएको गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे पुल बाढीले बगाए पछि स्थानीयहरु समस्यामा परेका थिए ।
माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज युवा नेता माधव सापकोटा सुवोधले सो स्थानमा तुइन निर्माणको लागि पहल गरेका थिए ।

करिब ३ साता अगिबाट थालिएको तुहिन हाल्ने काम सकियसँगै मंगलबारबाट सञ्चालनमा आएको छ । खोला वारपार गर्ने अन्य विकल्प नहुँदा असार १ यता स्थानीय चुँडिएको झोलुंगे पुलमै झुन्डिएर जोखिमपूर्ण रूपमै आउजाउ गरिरहेका थिए । अहिले तुइन सञ्चालन गरिएपछि स्थानीय वासी खुसी भएका छन्।

उक्त तुइनको मंगलबार माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान सामाजिक बिकास मन्त्री युवराज दुलाल, पार्टीका केन्द्रीय सदस्य माधव प्रसाद सापकोटा सुबोध र बागमती प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेलले उदघाटन गरेका छन् ।

 9,503 total views,  2 views today

Related posts