रातो पुल वगायो, रेडियो मेलम्चीको भवन ढलायो

जनतापत्र, हेलम्वु ।
मेलम्चीमा गएराति आएको वाढीले रातो पुल लगायत अन्य संरचनाहरु वगाएको छ । स्थानीयका हस्त पण्डितका अनुसार यो बाढी गत असार १ को भन्दा पनि ठूलो आएको छ । असार १ मा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षती भएको थियो ।
बाढीका कारण केही घरमा क्षति पुगेको छ । त्यस्तै तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । चौकीको भान्छा घर समेत बगाएका छ ।
सोही बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिएका छन् । राति करिब पौने ९ बजेतिर आएको बाढीले चनौटै, ग्याल्थुङ बजार तहसनहस बनाएको छ ।

 2,767 total views,  2 views today

Related posts