मेलम्ची बाढिले ६० घर टहरा बगाए, बाँकी रहेको पुल जोखिममा

जनतापत्र, मेलम्ची ।

वाढीका कारण दोलालघाट पुल, बाहुनेपाटी र सिपाघाटको पुल जोखिममा परेको छ । निरन्तर वाढीका कारण सो नदीका पुल सवै वगाइसकेको र यी तीनवटा पुल मात्र वाकी रहेका छन ।
पछिल्लो समय मेलम्ची खोलामा आएको बाढीले रातो पुल संगै ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा ५ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन ।
असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो । ती घरहरु खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार जोखिममा छन् । हाल बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।
बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।
त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।त्यस्तै धरै बिजुलीका पोलपनि बगाएका ढलेका छन्

 2,036 total views,  2 views today

Related posts