राहात विवरण सार्वजनिक नगरेकाे प्रति जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाे चासाे

जनतापत्र, चौतारा ।


जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले वाढिपिडितहरुको नाममा आएको राहात सार्वजनिक गर्न सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
मेलम्ची नगर,हेलम्वु र पाँचपोखरी गाँउपालिकाको वाढीपिडितहरुको नाममा आएको नगत तथा जिन्सी राहात सामाग्रीको विवरण सार्वजनिक गर्न सो समितिले सम्वन्धित पालिकाहरुलाई अनुरोध गरेको हो । जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङले हस्ताक्षर गरेको पत्र बुधावार सार्वजनिक गरेको थियो । त्यसैगरीसो पत्रमा वोधार्थ जिल्ला विपद ब्यवस्थापन समिति चौतारा सिन्धुपाल्चोक रहेको छ ।


सो पत्रमा लेखिएको विवरण यसप्रकार रहेको छ ।

उपरोक्त समवन्धमा मिति २०७८ साल असार १ गतेदेखी लगातार इन्द्रवति र मेलम्ची खोलामा आएको वाढि पहिरोको कारण ठुलो धनजनको क्षति व्यहोर्नुपरेकोे प्रतिकुल अवस्थामा प्रवाभित नागरिकहरुको उद्धार तथा राहातको निम्ती सरकारी गैर सरकारी तथा अन्य क्षेत्रवाट समेत ठुलो परिणाममा राहात सामाग्री र नगत समेत जम्मा हुन आएको संदर्भमा नागरिक स्तरवाट अनेकौँ टिक्का टिप्पणी जनगुनासो सुनिन आएकोले तहा पालिकामा उपलब्ध भएको राहात सामाग्री (जीन्सी वा नगद) को विवरण अविलम्व सार्वजनिक गरी सो को विवरण पठाई दिनुहुन पत्र साथ अनुरोध छ ।

 3,984 total views,  2 views today

Related posts