र्‍याफ्टीङ गर्ने क्रममा सुनकोसी नदिमा खसेर एकजनाको मृत्यु

जनतापत्र, बलेफी । र्‍याफ्टीङ गर्ने क्रममा सुनकोसी नदिमा खसेर एकजनाको मृत्यु भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका ४ का २२ बर्षिय साजन खड्काको  र्‍याफ्टीङ गर्ने क्रममा मृत्यु भएको हो । 
सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका ९ स्थित डुम्रे खण्डमा उनी डुंगाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको दुई घण्टापछी शव फेला परेको प्रहरीले जानकारी दियो । सुकुटे बिच रिसोर्टमा बास बसेका उनी रिसोर्टबाट ‘चेकआउट’ भई स्प्लास नेपाल एडभेन्चर कम्पनीबाट र्‍याफ्टीङमा गएका थिए । 

 22,416 total views,  4 views today

Related posts