एमालेले गर्यो बलेफी ७ मा कार्यालय स्थापना


जनतापत्र, बलेफी ।
बलेफी गाँउपालिका वडा नम्वर ७ मा नेकपा एमालेले वडा कार्यालय स्थापना गरेको छ । केन्द्रीय सदस्य सरेश नेपालको प्रमुख आथित्यतामा भएको सो उद्घाटन गरिएको हो । सो कार्यक्रममा वोल्दै नेपालले भने एमालेका आम कार्यकर्ता चुनावी मैदानमा उत्रिनु पर्दछ ।
बलेफी पालिकामा केहीले पार्टी छोडेर गएपनि कुनै फरक नपर्ने अवस्था ल्याउन सवै लाग्नुपर्ने उनले बताए । अवसरवादीहरु कुनै न कुनै वेला धु्रविकृत हुनेनै छन । त्यसलाई सामान्य मान्दै जनपक्षिय ढंगवाट पार्टीलाई अगाडी लानपर्ने अभिभारा हाम्रो रहेको बताए ।
कार्यक्रममा प्रदेश सदस्यहरु टपेन्द्र तिमिल्सिना, कार्केल लामा लगायतको उपस्थीतिमा खाडिचौरमा कार्यालय स्थापना गरिएको हो ।

 2,586 total views,  2 views today

Related posts