कोभिड 19 बिरुद्धको लडाइ..

सर्मिला नेपाल ।

विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड 19 महामारीबाट देसका करिब सबै वस्ती, क्षेत्र समुदाय प्रभावित छ । संक्रमणको दर र मृत्युदर अस्वाभाविक रुपमा बढिरहेको छ । हामीले चिने जानेका नजिकका आफन्तहरु जीवनको ऊर्जाशिल उमेरमै मुत्युवरण गरेका हृदयविदारक दृष्य नजिकबाट देखिन थालेको छ । यसपालीको भाइरसको संक्रामक शक्ति अघिल्लो वर्षको भन्दा कडा देखिन्छ । आधिकारीक घोषणा नभए पनि यो स्वास्थ्य संकटकाल हो । यस महामारीसंगको मुकाविलाको लागि व्यक्ति, परिवार, समुदाय, मुलुक र विश्व नै लाग्नु पर्छ । लागिरहनु भएको पनि छ । यो सबैको साझा सरोकारको विषय हो । यसमा कसले के गरेन भनेर हेर्न थालियो भने धेरै कमिकमजोरी निकाल्न सकिन्छ । तर मैले कसरी योगदान गर्न सक्छु भनेर घोत्लियो भने सायद कुनै न कुनै योगदान गर्न सकिन्छ । जसले महामारी न्युनिकरणमा एउटा इट्टा थप्नेछ ।
जुगल गाउँपालिकाको रत्नराज्य आइसोलेसन केन्द्र चनौटेमा पहिलो सिफ्टमा (१४ दिन ) सफाइ कर्मचारीको रुपमा काम गरेर आफनो योगदान दिने निष्कर्षमा पुगेकी छु । आइसोलेसन व्यवस्थापन पक्षले यसका लागि अनुमति प्रदान गरेको छ । यो अवधिमा काम गरे वापतको कुनै पारिश्रमिक नलिने शर्तमा काम गर्न गइरहेकी छु । अग्रभागमा खटिएर हाम्रो स्वास्थ्यका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुलाई सहज हिसावले काम गर्न सक्ने वातावरणका लागि सबैले सकेको सहयोग गर्न सके हामी छिट्टै पूर्ववतः अवस्थामा फर्कनेछौं ।
के तपाई तयार हुनुहुन्छ ? कोरोना बिरुद्धको लडाइमा भुमिका खोजेर निर्वाह गर्न राजि हुनु हुन्छ? मैले त सुरु गरे ।
आफनो स्वास्थ्यको ख्याल गरौं । परिवारलाई माया गरौं । सबैको भलो सोचौं ।

 11,113 total views,  2 views today

Related posts