‍‍मेरो शुन्दर बजार क्षणभरमै स्वाहा


हस्त पण्डित, नेकपा एमालेका पुर्ब अध्यक्ष ।

हेलम्बुमा तत्कालिन सात गाउँ पञ्चायतभित्र कतै पनि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री नपाइने बेला नेपाल परिवार नियोजन संघको आग्रहमा मेरा हजुरबुबाले जग्गा दिएपछि २०३७ सालमा हस्पिटल बन्यो । त्यसपछि हाम्रो नीजी घर बन्यो । त्यही बाटो भएर हेलम्बु र आसपासका गाउँहरु ओहोरदोहोर गर्ने ठाउँ भएकोले ब्यापारीहरुको आकर्षण बढ्यो, एक पछि अर्काे गर्दै पहिले एक लहरमा बनेका घरहरु पछि दुई तर्फी हुदै करीब ५० घरसहितको शुन्दर बस्ती बन्यो ।

राम्रो ब्यापारिक कारोवारको केन्द्र थियो मेरो बजार । २०७२ सालको बिनासकारी भुकम्पले सबै घर तहसनहस बनायो । ६ बर्षको दौरानमा भुकम्पले भत्किएका सम्पूर्ण संरचना पुननिर्माण गरि सकेपछि आषाढ १ गते आएको महाविनासकारी बाढीले मेरो शुन्दर बजार तहसनहस मात्र भएन, मेलम्ची क्षेत्रका धेरै मोटरपुल र झोलुङ्गे पुलहरु बगाएको छ, हेलम्बुको शान ट्राउट माछापालनको नामोनिशान मेटिएको छ । हजारौ रोपनि खेतियोग्य जमीन बगाएको छ, गाइ, भैंसी, बाख्रा, कुखुरा पालक किसानहरुको भाग्य लुटिएको छ । त्यो भन्दा पनि बढि मेरी प्राण प्यारी मैया दिदी, एउटै मुटु जस्तो भएर बसेको मेरो हरपलको साथी ज्ञानेन्द्र कछिपति, प्रिय भाइहरु माधब भण्डारी, गणेश ज्योतिलगायत २६ जना बेपत्ता हुनुहुन्छ ।

यत्रो दिन बेपत्ता हुँदा मन त अमिलो भएकै छ तर यसो टुप्लुक्क आएर कोट्याइदिए म कति खुशि हुन्थे होला । हामि सबै प्यारले बोलाउने सानु दाइको ट्राउट फर्ममा कत्रो लगाव थियो? बिहान ६ बजे उठेर फर्म पुग्ने, ११,१२ बजे खाना खान आउने अनि फेरि एक घण्टामै फर्म पुग्ने र दिनभरि काम गरेर घर फर्कने उनको दैनिकी थियो । फर्ममा माछा उत्पादन, होटल, लज ब्यवस्थित मात्र होइन, उत्तिकै रमणीय पनि बनाउनु भएको थियो र हेलम्बुलाइ आकर्षक पर्यटकीय गन्तव्य बनाउन उच्चस्तरीय होटल संचालन गर्ने सपनाको पनि अवसान भएको छ।

मेरो मैया दिदी जो खोलाप्रति अगाध आस्था राख्नुहुन्थ्यो र बाढीले यो हदको रुप लिन सक्छ भन्ने कल्पना पनि गर्नु हुन्थेन । हुन पनि हो दिदीले मात्र होइन हेलम्बुका कोही कसैले पनि यो तहको बाढी देखेका थिएनन् । त्यतिखेर मेरो श्रीमती, ज्वाइ र दुइ छोरीहरु त्यही थिए । मित्रहरु गंगानाथ भण्डारी र भालु शेर्पाले चोक्पुको पुल बगायो रे, ठुलो बाढी आछरे, चनौटेका सबै मानिसहरुलाइ बजार खाली गर्न खबर भन्दिनुस् भनेपछि भटाभटी फोन गर्न थालें, घरमा कसैको फोन लागेन, सीता कार्कीको फोन लाग्यो तुरुन्त भागीहाल भनें, बल्ल तल्ल अनिताको फोन उठ्यो उनीहरु त त्यही पो रहेछन्, एकै स्वासमा सबजना मास्तिर भागिहाल भनेको दिदीले अनि नपत्याए जस्तो गर्नुभएछ, उनिहरु सबै भागेपछि भाग्न खोज्दा भ्याउनुभएनछ ।

गोमालाइ धेरै चोटी फोन गरें तर पछिल्लो पटक रुँदै र भाग्दै गरेको अवस्थामा कुरा भो । यदि ती साथीहरुले समयमा खबर नगरेको भए वा दुइ मिनेटमात्र फोन सम्पर्क नभएको भए, हैट, म कल्पना पनि गर्न सक्दिन ।

 9,552 total views,  20 views today

Related posts