एमाले जुगल गाउँपालिका १ नम्वर वडा कमिटीकाे अगुवा कार्यकर्ता भेला

जनतापत्र, जुगल ।

नेकपा एमाले जुगल गाउँपालिका १ नम्वर वडा कमिटीकाे विस्तारित बैठक एव: अगुवा कार्यकर्ता भेला शनिवार सम्पन भएकाे छ ।

साे भेलाले कार्तिक ६ गते सम्पन्न हुने वडा अधिबेशनकाे लागि अायाेजक कमिटि गठन गरेकाे छ । साे कमिटी दिपक सिलवाल संयाेजक र नेत्र बहादुर सिल्वाल सह संयाेजक रहेकाे २७ सदस्यीय अधिबेशन अायाेजक कमिटी गठन गरेकाे छ ।

साे अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठककाे अध्यक्षता जिल्ला समन्वय समिति सदस्य एव: एमाले जुगल गाँउपालिकाकाे नेता पदम बहादुर सिल्वालकाे अध्यक्षतामा र नेकपा एमाले सिन्धुपाल्चोककाे नेता, जुगल गाँउपालिका अध्यक्ष एव: गाउँपालिका राष्ट्रिय महासंघकाे अध्यक्ष हाेम नारायण श्रेष्ठकाे प्रमुख अातिथ्यता र एमाले जिल्ला कमिटि सदस्य लक्ष्मण दाेङ, जुगल गाउँपालिका वडा नम्वर ७ काे वडा अध्यक्ष दिल कुमार लामा र पार्टि नेता छिरिङ दाेर्जे तामाङकाे अातिथ्यतामा बैठक सम्पन्न भएकाे थियाे ।

 11,225 total views,  41 views today

Related posts