नगरकप ब्याडमिन्टन प्रतियोगिताका सुरु


जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा बिहीबारबाट जिल्लास्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्लाभरका ५४ जना खेलाडीले भाग लिएको नगरकप ब्याडमिन्टन प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले उद्धघाटन कार्यक्रममा बोल्दै खेलाडीहरूको उत्साह मर्न नदिने र खेलाडीहरूको सशक्तताका लागि नगरले सहयोग गर्ने बताए ।
उक्त प्रतियोगिता मेल्स डवल, लेडिज सिङ्गल र भट्रान्स डबल गरि तीन विधामा सञ्चालन हुने भएको छ । मेल्स डवलतर्फ प्रथम हुनेलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ३० हजार, द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु २० हजार र तृतीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार पुरस्कारको प्रदान गरिने भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले शनिबारसम्म प्रतियोगिता सञ्चालन हुने बताए ।
त्यस्तै लेडिज सिङ्गलतर्फ प्रथम हुनेलाई
ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु १० हजार पाउने भएका छन् । त्यस्तै द्वितीय हुनेलाई ट्रफी, मेडल प्रमाणपत्रसहित नगद रु ५ हजार,तृतीय हुने दुईजनालाई ट्रफी, मेडल प्रमाणपत्रसहित जनही नगद रु २ हजार ५ सय पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।

 1,852 total views,  4 views today

Related posts