जिल्लाकै सर्वाधिक पुरस्कारको फुटबल नवलपुरमा

फुलमान तामाङ /नवलपुर

तिहार को अवसरमा नवलपुर मा फुटबल प्रतियोगीता हुदै इन्द्रावती गा.पा को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले तिहार को अबसरमा प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट आयोजना गर्ने भएको छ। जिल्लाकै सर्वाधिक पुरस्कार राशी रु १लाख ८०हजार को प्रतियोगिता आयोजना गर्न लागेको युनाइटेड क्लबका अध्यक्ष चीन लामा ले बताए।यसअघि पनि क्लब ले सोनाम लोसारको अबसर पारी प्रथम क्षेत्रीय डब्लुटिएफ टुनामेन्ट आयोजना गरेको थियो।क्लब ले त्यसभन्दा अघि पनि दशैको अबसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ।

खेल यहि असोज २५ गतेदेखि सुरु हुनेछ।खेलको फाइनल भने लक्ष्मीपुजा का दिन कात्तिक ३ गते हुने आयोजक ले जनाएको छ।खेलमा प्रथम हुने टिमलाइ रु १ लाख ८०हजार नगदसहित मेडल,कप,र प्रमाण पत्र दोस्रो हुने लाई ९९हजार नगदसहित मेडल,कप,र प्रमाणपत्र र तेस्रो हुने टिमलाइ ५१ हजार नगदसहित मेडल,कप र प्रमाणपत्र बितरण गर्ने आयोजकले जनाएको छ।खेल भने इन्द्रावती गा.पा को वडा ५ मा अबस्थित डडुवाखर्क मैदान सम्पन्न हुने भएको छ।टिम दर्ता का लागि नगद रु १०हजार सहित क्लबको भवन नवलपुर मा सम्पर्क गर्न सकिने छ।टिम दर्ता यहि असोज को ११गतेदेखि २२ गतेसम्म हुनेछ। जिल्लामा भएका खेलाडी हरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामा को भनाइ छ।

प्रतियोगिता मा उत्कृष्ट हुने खेलाडी लाई १५ हजार नगद सर्वाधिक गोलकर्ता लाई १५ हजार बेस्ट किपर १० हजार र बेस्ट डिफ्रेन्दर लाई १० हजार नगद ले सम्मान गरिने भएको छ।पहिलो चोटि टिम दर्ता गर्ने टोलिलाइ विशेष छुट को ब्यबस्था गरिएको छ।र युनाइटेड क्लबका कोषाध्यक्ष फुलमान तामाङ ले खेल नकाउट खेलाइने र खेलाडी लाई खाना बस्नको ब्यबस्थापन गरिएको बताउनु भयो।

 488 total views,  4 views today

Related posts