उद्घाटन खेलमा आयोजक नवलपुर युनाइटेड ए विजयी नवलपुर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको पहिलो जिल्लास्तरीय फुटबल प्रतियोगिताको उद्घाटनमा आयोजक नवलपुर युनाइटेड क्लब ए ले भिमटार युवा क्लबलाई ८–१ ले हराएको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गरेपछि इन्द्रावती–५ स्थित ऐसेलुखर्क मैदानमा चार बजे सुरु भएको खेलमा आयोजकले भिमटारलाई आधा दर्जन भन्दा बढी गोल गरी विजयी हात पारेको हो ।

नवलपुरका लागि कृष्ण भण्डारीले ४ गोल, अजय तामाङले २ गोल र सुजन माझीले २ गोल गरेका थिए । आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार १४ समूह सहभागी रहेको प्रतियोगिता लिगमा खेलाइनेछ । भोलि भिमेश्वरी इन्द्रावतीविरुद्ध गोर्खाली गाइज र नवलपुर युनाइटेड(सि) विरुद्ध ओम नमोबुद्ध क्लब र चौतारा स्पोर्टिङ विरुद्ध नवलपूर युवा क्लब खेल्नेछ । फाइनल भने लक्ष्मीपूजाको दिन कात्तिक ३ गते हुने छ । खेलमा प्रथम हुनेलाइ १ लाख ५१ हजार रुपैयाँ नगद मेडल, कप र प्रमाणपत्र, दोस्रोलाई १ लाख एक हजार रुपैयाँ, मेडल, कप, प्रमाणपत्र र तेस्रो हुने टीमलाइ ५१ हजार रुपैयाँ, मेडल, कप र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो जिल्लामै पहिलोपटक सर्वाधिक राशिको फुटबल प्रतियोतिा भएको क्लबको दाबी छ । जिल्लामा भएका खेलाडीहरुको प्रतिभा निखार्न र राष्ट्रिय स्तरमा परिचित गराउन उक्त प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष लामाको भनाई छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार, बेस्ट किपरलाई १० हजार र बेस्ट डिफेन्डरलाई १० हजार प्रदान गरिने छ । क्लबले यसअघि पनि लोसारको अवसर पारि प्रथम क्षेत्रीय डब्लुटिएफ टुर्नामेन्ट आयोजना गरेको थियो । क्लबले त्यसभन्दा अघि दसैंको अवसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

 262 total views,  2 views today

Related posts