फुटबल रसियामा द्वन्द्व साथिमा

होम सुवेदी

बिस्वकपले यतिबेला माहोल तातेको छ । विश्व बजार देखि कुनाकाप्चामा पनि देशका फ्यानहरु ठूलो सख्यामा छन । कसले जित्छ कसले हार्छ भन्दै बाजि राख्नेको संख्या पनि धेरै छ । रसियामा भएको वल्डकपले सिन्धुपाल्चोक जिल्लाका नेता देखि सर्बसाधारण सम्म आफ्नो समर्थन टिमको सपोटमा लागिरहेका छ । राती सम्म फुटबल टेलिभिजनको माध्यम बाट हेरिरहेका फ्यानहरु यति बेला राती उठ्ने र दिउँसो सुत्ने गर्दछ्न ।फेसबुक मार्फत आफ्नो टिमको प्रचार गरिरहेका छ्न । साथै बिरोधि टिमको सत्तोसराप । अर्को टिमको बिरोध मात्र होइन साथी भाइको समेत खुलेर बिरोध गरेका छ्न । यसले सामाजिक द्वन्द तिर जाने खतरा छ । हुन त यतिबेला बिस्वकपले चुनाबी झल्को पनि दिन थालेको छ । कस्को समर्थन कति भन्नेको पनि लेखा जोखा हुन थालेको छ । जे होस फुटबल पर्बको रुपमा नेपालमा बिकास हुन थालेको छ । नेपाली टिम कहिले वल्डकपमा पुग्छ सबैको प्रस्न यहि छ ।

 822 total views,  2 views today

Related posts