पाँचपाेखरी थाङ्पाल गाउँपालिकामा मैत्रीपूर्ण फुटबल

जनतापत्र, पाँचपाेखरी ।

संविधान दिवसको अवसरमा पाँचपोखरी थाङपाल गाँउपालिकाकामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता अाईतवार सम्पन्न भएकाे थियाे ।
साे गाउँपालिकाकाे जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको थियाे ।साे प्रतियोगिता खेलकुद विकास समिति पाँचपाेखरी गाउँपालिकाद्वारा अायाेजना गरिएको थियाे । साे मैत्रीपूर्ण फूटबल प्रतियोगितामा वडाकाे कर्मचारी टिम तिन खेलमा विजयी हुँदै ९ अंक सहित प्रथम हुन सफल भएको थियाे ।

त्यस्तै पालिका जनप्रतिनीधी दुई खेलमा विजयी हुदैँ ६अकं सहित दोस्रो र पालिका कर्मचारी टिम एक खेलमा विजयी भई ३ अंक सहित तेस्रो भएको छ। समापन खेलमा जनप्रतिनीधी टिमले वडा कर्मचारी टिमलाई ४ –० गोलले पराजित गरेको थियो । गाँउपालिका अध्यक्ष टासी लामाले पनि खेलमा सहभागी भई अन्तिम खेलमा २ गोल गर्नुभएकाे थियाे ।

नाईन ए साईड अनुसार खेलाईएको प्रतियोगिताको पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले शनिवार उद्घाटन गर्नु भएको थियो ।

 5,641 total views,  10 views today

Related posts