जनतापत्र, बलेफी ।

जाल्पादेवी माध्यमिक विद्यालय विन्जेलको ४९ औँ बार्षिकोत्सव , अभिभावक भेला एवं सरस्वती मन्दिर उदघाट्न समारोह सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथी तथा बाग्मति प्रदेशका सांसद् अमृता नेपालले शिक्षामा गुणस्तर वढाउन र व्यवसाय मुलक शिक्षामा जोड दिनुपर्ने अहिलेको आवस्यकता रहेको बताइन ।
कार्यक्रमका विशेष अतिथी बलेफी गाँउपालिकाका अध्यक्ष गंगावहादुर तामाङले यस विद्यालयको हितमा पालिकावाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।


कार्यक्रममा जग्गादाता, चान्दादाता,प ोसाक र अक्षयकोषको लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रअ कृष्णप्रसाद पराजुलीले प्रस्तुत गरेका थिएभने अध्यक्षता नारायण पराजुलीले गरेका थिए । साँस्कृतिक कार्यक्रमको साथमा सम्पन्न बार्षिकोत्सवमा सहयोगी दाता,पत्रकार,कलाकार,पूर्व अध्यक्ष लगायत अभिभावकहरुको उपस्थीति रहेको थियो ।

Facebook Comments Box