लोक दोहोरी क्षेत्रमा दिनेश श्रेष्ठको छुट्टै पहिचान छ । नुवाकोटका उनिले विभिन्न क्षेत्र समावेश गरेर गित गाएका छन् । उनले कलाकारता माध्यमवाट आफुलाई स्थापित गरिसकेका छन् । कला साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जनतापत्रको प्रस्तुतिमा लोक गायक दिनेश श्रेष्ठसंग सहकर्मी नवराज नेपालले गरेको सम्वाद –

१ तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?
गित संगीतमा म बिगत २०७१ साल देखि छु । किनभने मृत्यु पछि पनि म मेरो सिर्जना हरु अमर राख्ने आशले गित संगितमा लागेको छु ।
२. कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?
कलाकारितामा स्थापित हुन गा¥हो नै छ। तर अलिकती मेहनत चाहिन्छ । कला र स्वर पनि हुन पर्छ ।

३ अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ?
अहिले सम्म मैले सिर्जना गरेको र गाएको गित चार दर्जन भन्दा माथी पुग्या छ । जस्मा आधा दर्जन भन्दा माथी हिट भए जस्तै गैरी पिपल लर्के बर डाडैमा, उलुलु , रुपै रैछ मोहनि लाउनी , बरै , साइली रिमै , रानि हजुर, सुपर गाडी जस्ता थुप्रै छन ।

४. अव कुनै गित गाउने सोचमा हुनुहुन्छ की ?
अब मेरो दश ओटा भन्दा धेरै गितहरुमा गाउने जिम्मा लिएर स्टुडियोमा प्रबेश गरेको छु । जसमा सबै अरुकै अफरमा छन् ।
५.तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?
कलाकारलाई राज्यले समेटनु पर्छ हामिले गरेको गित संगीत बाट देशलाई आर्थिक फाईदा भैरहेको हुदा हामी लाई पनि राज्य ले सकेको सेवा सुबिधा दिनु पर्छ ।

६.विभिन्न संस्थाले कार्यक्रम गर्दा कलाकार माथि भेदभाब छ । जस्तै महोत्सवमा आफ्ना नजिकको कलाकार बोलाउने आफ्नै जिल्लामा कलाकारले अबसर नपाउने हुन्छ । तपाईं लाई के कारण होला जस्तो लाग्छ ?
मेला र महोत्सब भनेको व्यापार हो । जुन कलाकार हाल्दा सबै तिरबाट आयोजना गर्ने आयोजकलाई फाहिदा मिल्छ । उसैलाइ बोलाइरहेको हुन्छ र राम्रो व्याक्तिहरु र सर्जक गायक अन्य सर्बप्रीय कलाकारहरु थोरै पारीश्रामिकमा पनि कार्यक्रममा नजानुको कारण फाइदा हेरेर हुन ।
७.कलाकारको पेसा छोडेर अहिले बिदेशिन बाध्य छन् यो रोक्न के गर्नु पर्ला ?
कलाकार पेशा छोडेर भन्दा पनि धेरै र छिटो कमाउन गएका हुन रोक्न के गर्नु पर्ला भन्दा पनि जस्लाइ जता फाईदा हुन्छ तेतै जान दिनु पर्छ ।

८. अन्त्यमा श्रोताहरुलाई के भन्नु हुन्छ ?
अन्तमा दर्शक श्रोतालाई राम्रो कुराको भन्दा, नराम्रो कुरालाइ सय पटक हेरेर कमेन्ट गर्न जानु हुने सबैलाइ धन्यवाद भन्न चाहन्छु

Facebook Comments Box