लोक दोहोरी क्षेत्रका अव्वल गायक हुन रामकुमार कार्की । लोकगीत मार्फत आफ्नो पहिचान स्थापित गर्दै, कला र गलाको माध्यमवाट स्रोताहरुको मन जितेका कार्की रामेछाप जिल्ला उमाकुण्ड गाउपालिका बाम्ति भण्डारका हुन् । कला साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जनतापत्रको प्रस्तुतिमा लोक गायक रामकुमार कार्कीसंग सहकर्मी नवराज नेपालले गरेको सम्वाद ः
१ तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?
२०६४ सालदेखी नै गित संगितको क्षत्रमा छु ! सानै बेला देखि अग्रज ब्यक्ति हरुको गितहरु सुन्ने गर्थे मौलिक गितहरु गुनगुनाउने गर्थे तेहि भएर हो ।
२. कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?
धेरै गारो छ । बाहिरबाट हेर्दा मात्र रङ्गिन देखिन्छ । भित्र कहाली लाग्दो छ यो क्षेत्र ।
३ अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ?
ओईली झर्याे फुल , माया भो टाढा, अबत गाउमै गईन्छ, घरत मेरो रामेछाप जिल्ला,कोईली चरी,कालापनि हाम्रै हो,म त लाहुरे , मुखमा मिठापान, मायालुको बस्ति, म त सानू रामेछापको, लगायत धेरै गित वजारमा छन् ।
४.तपाईं संगित कर्मि संघमा होस् या अवार्ड पाउने बिषयमा होस् । आक्रोस मात्र ब्यक्त गर्नुहुन्छ अवार्ड दिँदा र संस्थाले निर्णय गर्दा कलाकारको निम्ति के गर्दे हुन्थ्यो जस्तो लाग्छ ?
संस्था कहिलै गलत हुदैन । संस्था सन्चालन गर्ने ब्यक्तिहरुले संस्थामाथि अनावस्यक राजनीति गरेको म सहन सक्दिन । अर्वाड भनेको निष्पक्ष हुनुपर्छ । दर्शक श्रोताले मन पराएका गितले अवार्ड पाउनु पर्छ भन्ने हो । तर यहाँ त उल्टो हुन्छ । नामै न सुनेका गितै नसुनेका ब्यक्तिहरुले अवार्ड पाउँदा हाम्रो क्षेत्र कता जादैछ भन्ने पिर लाग्छ । राता रात अवार्ड किनबेच हुन्छ यस्तो बिकृति देख्दा कस्तो क्षेत्रमा हात हालिछु भन्ने लाग्छ ।
५.तपाईंलाई नि चलेको गित वा कलाकारले अवार्ड नपाउनु के कारण हो जस्तो लाग्छ ?
अवार्ड आयोजकसँग न बिक्नु हो जस्तो लाग्छ । यहाँ त पैसाले अवार्ड किनेर फेसबुकमा देखाउनेको होडबाजि चल्छ। हामी धेरै कलाकार छौ । त्यो बाटो कहिलै लागेनौ र लाग्दा पनि लाग्दैनौं । जुन किनेको अवार्डले आफुलाई संधै जिस्काई रहन्छ । तेस्तो अवार्डको के अर्थ?
६.अव कुनै गित गाउने सोचमा हुनुहुन्छ की ?
६ वटा गित रेकर्डिङमा छन् २ वटा छिटै भिडियो भएर बजारमा आउदैछन् ।

७.तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?
कलाकारको हकहितको लागि राज्य छ जस्तो त मलाई लाग्दैन । यदि रहेछ भने संगित बिकाश बोर्ड गठन गर्दियो भने राम्रो हुन्छ ।
८ .अन्त्यमा श्रोताहरुलाई के भन्नु हुन्छ ?
दर्शक श्रोतानै हो कलाकारको भगवान । उहाँहरू बिना कलाकार टुहुरो हुन्छन । मैले गायका गित रामकुमार कार्की युटुब च्यानलमा छन । हेरेर माया गर्दिनु होला भन्न चाहान्छु। र मेरो विचार राख्न दिनुभएकोमा तपाई र जनतापत्रको सिंगो परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

Facebook Comments Box