लोकगीत मार्फत आफ्नो पहिचान स्थापित गर्दै, कला र गलाको माध्यमवाट स्रोताहरुको मन जितिरहेका छन् मदन नेपाली(सुफिक्स)ले । सिन्धुपाल्चोक जिल्ला, बलेफी गाँउपालिका उनको घर हो । कला साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि जनतापत्रको प्रस्तुतिमा लोक गायक मदन नेपाली(सुफिक्स)संग सहकर्मी नवराज नेपालले गरेको सम्वाद ः

१ तपाई गीत संगित क्षेत्रमा लाग्नुभको छ । कहिले देखि किन यो क्षेत्रमा लाग्नुभयो ?
म गीत सङ्गीत क्षेत्रमा औपचरिक रुपमा लागेको२०७३ सालदेखी । सानै उमेर देखि गीत सङ्गीत लेख रचना कथा कबिता निबन्ध प्रबन्धहरु सुन्न पढ्न मन पराउथे र स्कुल कलेज का कार्यक्रममा आफुलाई साङ्गितीक सहभागिता मा हुन जोड दिने गर्थे सबै प्रकारको गीत संगित सुन्ने गाउने । गर्थे मलाई लोक गित धेरै मन पर्ने भयेर यस क्षेत्रमा लागे ।

२. कलाकारितामा स्थापित हुन कत्तिको गाह्रो छ ? र किन ?
कलाकारितामा मेहनत, स्वर र अध्यन भयो भने स्थापित हुन गार्हो भने छैन।

३ अहिले सम्म कतिवाट , कुन कुन गित एल्वमका रुपमा गाउँनु भयो ?
आफैले स्वर भरेका गीतहरु त सख्यात्मक रुपमा २० वटा छन हाल सम्म ।तर आफैले सङ्गीत या लय सिर्जना गरेका गीतहरु भने धेरै छ्न र धेरै जसो गीतहरु बजारमा हिट छन । ओई गनगन,गनगन २ ,सेतो सेतो कमेरो माटो ,शखर चिनि,आउँछ झल्को ,लाग्छ माया लाग्दैन भन्दिन,चुरोट र सलाई लागायत थुप्रै गीतहरुले बजारमा राम्रो चर्चा बटुल्न सफल सिर्जनाहरु हुन् मेरो ।

४. अव कुनै गित गाउने सोचमा हुनुहुन्छ कि ?
पछिल्लो समय धेरै जसो music compose र music arrange को कामहारुमा ब्यस्त भैएको हुनाले आफैले गाउने समय पुगिरहेको छैन ।येद्यपि धेरै प्रोजेक्ट हरुमा आफै स्वर भर्ने इच्छा छ । त्यो निरन्तर रहन्छ।

५ तपाईको विचारमा कलाकारलाई राज्यले के गर्नुपर्ला जस्तो लाग्छ ?
कलाकारहरु प्रति राज्यको दृष्टिकोण कम्जोर भएको महशुस हुन्छ । राज्यले नीति नियम मार्फत कलाकारिता भित्रको बिसङ्गतिलाई नियमन गर्दै वास्तविक कलाकारको पहिचान गरि राज्यतर्फ बाट सम्बोधन र प्रोत्साहन हुनु पर्दछ भन्ने मलाई लाग्दछ।

६, अन्त्यमा श्रोताहरुलाई के भन्नु हुन्छ ?
दर्सक स्रोताहरुलाई हाम्रो मौलिक पन बोकेका गीतहरु सुन्ने बानी बसालौ । बिकृती र बिसङ्गती तर्फ समाजलाई डोहोर्याउने प्रकारको गीत सङ्गितलाई जथाभावी नहेरौ भन्न चाहान्छु । जनतापत्र टिम र सहकर्मि नबराज नेपाल लाई विशेष धन्यवाद भन्न चाहान्छु ।
जय गित जयसंगित ।

Facebook Comments Box